
एजेन्सी–भारतीय कलाकार शाहिद कपूर र मिरा राजपूत फेरि अभिभावक बन्ने भएका छन्। शाहिदले सामाजिक सञ्जालको माध्यमबाट यो खबर सार्वजनिक गरेका हुन्।
उनले यो खबर एकदमै प्यारो तरिकाले सार्वजनिक गरेका छन्। शाहिदले इन्स्टाग्राममा २० महिनाकी छोरी मिशालाई देखाएका थिए। फोटोमा चकले बेलुनहरु बनाइएको छ र त्यो भन्दा माथि ‘बिग सिस्टर’ अर्थात् ठूलो दिदी लेखिएको छ।
साहिदको खबर सुनाउने यो तरिकालाई धेरैले रुचाएका छन्। फोटो पोस्ट भएको दुई घण्टा बित्न नपाउँदै ५ लाख भन्दा धेरै लाइक आएको थियो। २० घण्टामा ९ लाख भन्दा धेरै लाइक झन्डै ८ हजार कमेन्ट गरेर उनका फ्यानले शुभकामना दिएका छन्।
२६ अगस्ट २०१७ मा शाहिद र मिराले छोरी मिशाको पहिलो जन्मदिन मनाएका थिए। शाहिद र मिराको विवाहको १३ महिनामा मिशाको जन्म भएको थियो।