भारतमा बालिका बलात्कार गर्नेलाई अब फाँसी

भारतमा बालिका बलात्कार गर्नेलाई अब फाँसी
+
-

एजेन्सी– भारतमा बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय हुने भएको छ। शनिबार बालिका बलात्कार मुद्दामा सरकारी प्रावधान बनाउने क्रममा यो निर्णय भएको बीबीसीले उल्लेख गरेको छ।

भारतको संसदले बालिका बलात्कारको विषयमा पेश भएको अध्यादेशलाई मञ्जुरी दिएको हो, जस अनुसार १२ वर्ष भन्दा कम उमेरको बालिका बलात्कारको मुद्दामा फाँसीको सजाय हुने नियम लागू हुनेछ।

प्रधानमन्त्री निवासमा भएको साढे दुई घण्टा लामो बैठकपछि अध्यादेश ल्याउन मञ्जुरी दिइएको हो। यो भन्दा अगाडि बालिका बलात्कार गर्नेलाई कम्तीमा ७ वर्षको जेल सजाय र आजीवन कारावासको सजायको प्रावधान थियो।

सजायको दायरा बढाउनको लागि यो अध्यादेशलाई राष्ट्रपतिसमक्ष पेश गरिएको थियो। यो अध्यादेशपछि भारतका दुई कानुन र दुई संहिता फेरिनेछन्।

केही दिनअघि भारतको जम्मु कस्मिरको कठुवामा ८ वर्षको एक बालिका र गुजरातको सुरतमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको थियो।

उत्तर प्रदेशको उन्नावमा पनि एक नाबालिकालाई बलात्कार गरिएको थियो। कठुवा र उन्नावको घटनापछि भारतभर विरोध भयो र कानुनमा कडा प्रावधानको माग भएको थियो।

सरकारले बाल यौन उत्पीडन संरक्षण कानुनमा संसोधन ल्याउने करिब १ हप्ताअघि केन्द्रीय महिला एवं बालविकासमन्त्री मेनका गांधीले जानकारी दिएकी थिइन्। यो अध्यादेश पास गर्न अब राष्ट्रपति कार्यालय पुर्‍याइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?