हिमपातका कारण हिल्सा नाका बन्द

हिमपातका कारण हिल्सा नाका बन्द
+
-

सिमकोट– हिमपातका कारण चीनसँगको सिमानाका हिल्सा क्षेत्र आवतजावत कार्य बन्द भएको छ। आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आउजाउ बन्द भएको हो।

शनिबारसम्म ६ हजार ६ सय मिटर अग्लो नारालेकबाट हिल्सा आउजाउ गर्न सकिने भएपनि हिमपातपछि बन्द भएको सीमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। अब उक्त क्षेत्रमा हिउँले गर्दा सडक अवरुद्ध भएको उनले बताए। मानिस पैदल हिड्न पनि सक्ने अवस्था नरहेको उनले बताए।

हिल्सामा बिओपीमा २० जना सशस्त्र प्रहरी र अन्य होटेल कुरुवा बस्दै आएका छन्। उनले यसअघि चिसो माइनस नौ डिग्रीसम्म पुग्ने गरेकोमा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको बताए।

हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेको छैन। टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको छ। सबै जना घरभित्र आगो तापेर बसिरहेको केसीले बताए।

हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?