अझै पत्नी वियोगमा छन् मदनकृष्ण

अझै पत्नी वियोगमा छन् मदनकृष्ण
+
-

काठमाडौँ- आफू गम्भीर बन्ने तर अरुलाई हँसाएर खुसी दिने पेशालाई जीवन बनाएका हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी वियोगपछि संभवत पहिलो पटक औपचारिक कार्यक्रममा देखा परे ।

दर्शकको आंशिक आशा कायमै थियो, उनी स्टेजमा उभिन्छन् र आफुहरुलाई केही समय भएपनि मनोरञ्जन दिन्छन्। तर त्यो आशा निराशामा परिणत भयो जब उनी रजत जयन्तीका अवसरमा थापाथलीस्थित नर्भिमक अन्तर्राष्ट्रिय अस्पतालद्धारा आयोजित कार्यक्रम समारोहमा मौन रहे।

स्टेजमा उक्लिँदा पनि अरुको सहायता लिएका श्रेष्ठले आफूलाई माया गर्ने दर्शकका अघिल्तिर चाहेर पनि आफ्नो कला फुराउन सकेनन् र आफ्नो अभिव्यक्ति प्रवाह गर्न जोडी अर्थात अभिन्न मित्र हरिवंश आचार्यलाई आँखाले इशारा गरे।

‘दाइले मेरो सट्टा तिमी नै बोल भन्नु भयो। दाइको परिस्थिति सबैलाई थाहा नै छ। हामी प्रत्येक मिनेटमा आदरणीय भाउजूप्रति समबेदना प्रकट गरिरहेका छौँ। सबै नेपाली जनताले सान्त्वना प्रकट गरेकै हुनाले आज यहाँसम्म आउन सक्ने स्थितीमा हुनुहुन्छ उहाँ’, आचार्यले भने, ‘आज मैले जति बोल्छु त्यो सबै मदन दाइले बोलेको भन्ने ठान्नु होला।’आचार्यले त्यसो भन्दा श्रेष्ठका मलिन आँखा झनै निरास देखिए र दर्शक पनि भावुक बन्नु स्वाभाविक थियो।

ढिलोगरी पहिचान भएको क्यान्सरको उपचारको हर प्रायस गर्दागर्दै श्रेष्ठले पत्नी गुमाएको सायद, सम्झिए होलान् अस्पताल परिसरमा उभिँदा।

हरिबंशले बोल्दै गर्दा त्यसको छनक पनि दिए। ‘नेपाल गुणस्तरीय सेवामा आत्मनिर्भर हुन सकेको छैन। त्यसले धेरै जनताले समयमै रोग पत्ता नलाग्दा र लागिहाल्यो भने पनि उचित उपचारको नपाउँदा ज्यान गुमाइरहेका छन्, तर धनीले ससाना समस्या देखिँदा पनि विदेश धाउने गरेका छन् र नेपालका ठूलो धनराशी खेर गइरहेको छ।’

नर्भिक अस्पतालको सद्भावना दूत समेत रहेका आचार्यले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न उक्त अस्पतालले योगदान पुर्‍याएको बताए।

महजोडीसँगै उपस्थित प्रदेश नम्बर तीनकी प्रमुख एवं समाज सेवी अनुराधा कोइराला पनि आचार्यसँग सहमत भइन्।

गुणस्तरीय स्वास्थ्यका लागि लिएको दीगो विकासको लक्ष्य प्राप्तीका लागि सरकारले धेरै मेहेनत गर्नु पर्ने बताइन् उनले। २०३० सम्म सबै उमेर समूहका व्यक्तिको जीवन स्वस्थ बनाउने प्रतिवद्धता कार्यान्वयन हुनु पर्नेमा उनको जोड थियो।

अस्पतालले २५ वर्षदेखि कार्यरत चिकित्सक सहित कर्मचारीलाई ‘वार्षिक र्कीर्तिमान दीर्घ योगदान सेवा पदक’ बितरण गरेको थियो।

कार्यक्रममा सहभागी प्रदेश ३ की मुख्यमन्त्री अनुराधा कोइराला।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?