झापा – अवैध रुपमा शिकार खेल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल झापाले हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।
कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा अवैध हतियारसहित केही व्यक्ति शिकार खेल्दै गरेको सूचनाका आधारमा बिओपी पृथ्वीनगरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको टोलीले कचनकवल–७ खुट्टामारी बस्ने ३२ वर्षीय मनिष माङमुलाई पक्राउ गरेको हो।
उनको साथबाट भरुवा बन्दुक थान १, केप थान ८, टल्लो थान ६, छर्रा थान ८, लाइटर थान १ र मेजर चुरोटको बट्टा थान १ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
आवश्यक कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































