गण्डकी प्रदेशमा विशेष अधिवेशन सुरु

गण्डकी प्रदेशमा विशेष अधिवेशन सुरु
+
-

कास्की-गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि शुरु भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु भएको हो।

गण्डकी प्रदेश सभाको यस विशेष अधिवेशनमा कोभिड १९ को रोकथाम,नियन्त्रण र उपचारको बारेमा साझा संकल्पको रुपमा प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका वहुवर्षिय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्वन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उनले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनकाबीच मुख्यमन्त्री गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्य दिपक कोईरालाले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफुहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँ खालको गठबन्धनको खोजी हुने बताए।

कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उनले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उनको भनाइ छ।

जनता समाजवादी पार्टी, नेपालका प्रदेश सभा सदस्य हरिशरण आचार्यले प्रदेश सभाको अधिवेशनमा सार्वजनिक महत्वको प्रस्ताव छुट्टै बनाएर पेश गर्ने र संकल्प प्रस्ताव भने साझा रुपमा पेश गर्ने सहमति भएको बताए।

सत्तारुढ दलले बलियो सरकार बनाउन जनमत पाएको भएपनि हरियो जंगल फाँडेर मरुभुमि बनाएको टिप्पणी गर्नुभयो । जसपाको ध्यान सरकारतर्फ नभएको उनको भनाई छ।

गण्डकी प्रदेश सभाको अर्को बैठक पौष २६ गते बोलाइएको छ। २६ गते सार्वजनिक महत्वको विषयमा छलफल गरिने र हप्तादिन पछि बस्ने बैठकमा कोभिड–१९ को बारेमा साझा संकल्प प्रस्तुत हुने बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष