सन्दीप लामिछानेले विकेट लिएपनि हुरिकेन्सको लगातार हार

सन्दीप लामिछानेले विकेट लिएपनि हुरिकेन्सको लगातार हार
+
-

अस्ट्रेलियामा जारी बिग बास लिग(बीबीएल) क्रिकेटमा सन्दीप लामिछानेले लगातार खेलमा विकेट लिएपनि उनको टोली होबर्ट हुरिकेन्सले लगातार हार ब्यहोरेको छ। हुरिकेन्सले बिहीबार सम्पन्न खेलमा सिड्नी थण्डरसँग ३९ रनको हार ब्यहोर्‍यो।

पहिला ब्याटिङ गरेको थण्डरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन जोडेको थियो। सन्दीपले चार ओभरमा एक विकेट लिएर २३ रन मात्र खर्चिए। उनले विपक्षी टोलीका कप्तान क्यालम फर्गुसनलाई व्यक्तिगत एक रनमा आउट गरेका थिए।

हुरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन जोड्यो। १४ ओभर २ बलमा चार विकेट गुमाएर एक सय ६ रन जोडेको हुरिकेन्स त्यसपछि लगातार विकेट गुमाएर दबाबमा आएको थियो। उसले थप रनमा बाँकी विकेट गुमाएको हो।

टोलीले ९८ रन जोड्दा चौथो विकेटका रुपमा कप्तान पिटर ह्याण्ड्सकम्बलाई आउट गरेसँगै हुरिकेन्स लगातार दबाबमा आएको थियो। उनलाई तनविर सान्घाले आउट गरे। त्यसपछि सान्घाले भरपर्दा ब्याट्सम्यान कोलिन इन्ग्रामलाई पनि आउट गरेका थिए।

यो सिजन सन्दीपले हुरिकेन्सका लागि पहिलो खेल जितेपनि त्यसपछिका लगातार दुई खेल हारेका छन्। पहिलो खेलमा दुई विकेट लिएका उनले अघिल्लो खेलमा पनि एक विकेट हात पारेका थिए।

हुरिकेन्सको ९ खेलबाट १८ अंक छ। शीर्षस्थानमा रहेको सिड्नी थण्डरको ८ खेलबाट २२ अंक रहेको छ। सिड्नी सिक्सर्सको ८ खेलबाट २१ अंक रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?