
सिमकोट-विद्युत सर्ट हुँदा दुई घर आगलागी आगलागी हुँदा चार लाख भन्दा बढीको क्षति भएको छ।
आगलागी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा अनं ५ याँङचु गाउँ निवासी गोरसिह सुनार र तुल सुनारको भएको हो।
बिहीवार दिउसो गोरसिह सुनारको पसलमा विद्युत सट भई आगो फैलीदा तुल सुनार र गोरसिह सुनारको पसल तथा घरमा आगलागी भएको खार्पुनाथ गाउँपालिकाका लेखा प्रमुख बिशाल बोहराले बताए।
उनका अनुसार तुल सुनारका घर आधा जलेको छ। आगलागीबाट तुल सुनारको घर भित्र राखेको लत्ताकपडा अन्न, भाडाकुडा गरी करिव ६३ हजार वरावरको क्षति भएको र गोरसिंह सुनारको पसलमा राखेको सम्पूर्ण सामानसहित घरमा राखेको लत्ता कपडा पससभित्र सामान सहित ३ लाख ६१ हजार ४ सय बरावरको आगलागीबाट क्षेती भएको छ।
दुवै घरमा आगालगीबाट भएको क्षेती चार लाख २४ हजार चार सयको रहेको छ। उक्त आगो केही बेर अगाडी नियन्त्रणमा आएको छ।
आगो हिल्दुम जलविधुत आयोजनावाट लिएको विधुत सर्ट हुँला आगलागी भएको हो। आगो खार्पुनाथ गाउँपालिका प्रहरी चौकीका प्रहरी, खार्पुनाथ गाउँ पालिका कर्मचारी र स्थानियवासीले प्रयासले आगो नियन्त्रणमा आएको थियो।