 
                            सिमकोट– संसद विघटनपछि नेकपामा जारी विवादका बीच नेकपा ओली पक्षका नेताहरु हुम्लाका गाउँगाउँ पुगेर कार्यकर्ता फकाउन थालेका छन्।
पछिल्लो विकसित राजनीति घटनाक्रमबारे आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जानकारी गराउन र प्रधनमन्त्री ओलीको संसद विघटन गर्ने कदम ठीक छ भनेर कार्यकर्तालाई बुझाउन गाउँ बस्तीमा पुगेको नेताहरुले बताएका छन्।
नेकपा कर्णाली प्रदेशका अध्यक्ष एवं ओली पक्षीय केन्द्रीय सदस्य गोरखबहादुर बोगटीको टोली एक हप्तायता दक्षिणी हुम्लाका गाउँपालिकाका बस्तीमा जनता तथा कार्यकर्ताहरुसँग भेटघाट तथा सभा आयोजना गरिरहेको छ।
यसअघि ताँजाकोट र चंखेली गाउँपालिकामा कार्यक्रम आयोजना गरिसकेको नेता बोगटीको टोलीले शनिबार चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रममा नेता बोगटीले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएपछि संसद विघटन गरिएको दावी गरे। देश र जनताको लागि काम गर्न नपाएपछि प्रधामन्त्री ओलीले स्वभाविक रुपमा संसद विघटन गरेको उनको भनाइ थियो।
कार्यक्रममा केन्द्रीय सदस्यहरु दल फडेरा, रुपा शाही, प्रदेश कमिटी सदस्य मेहल पार्की, नेकपा हुम्लाका पार्टी कार्यालय सचिव कमल बोहरा लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए। उक्त गाउँपालिकामा ओली पक्ष कमजोर मानिन्छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                




















 
 





































































 
 







































 
 

































































