माउरिसिओ पोकेतिनोको प्रशिक्षणमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पहिलो जित दर्ता गरेको छ ।
पिएसजीको प्रशिक्षका रुपमा पहिलो खेलमा पोकेतिनोले जित नभई बराबरी गर्न सकेका थिए ।
तर शनिबार राति फ्रेन्च लिग वान फुटबल अन्तर्गत भएको खेलमा पिएसजीले ब्रेस्टलाई ३–० ले पराजित गरेको हो । पिएसजीका लागि मौसा केन, माउरो आइकार्डी तथा साराबियाले गोल गरेका हुन् ।
जितपछि १९ खेलबाट ३९ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ ।

भर्खरै
लोकप्रिय






































































































































































































