
काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
भक्तपुरबाट काठमाडौँ आइरहेका प्रदेश-३-०२-०४ प ७३२४ नम्बरको मोटरसाइकल र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
गम्भीर घाइते भएका प्रदेश ३-०२-०४ प ७३२४ नम्बरको मोटरसाइकलका चालक उदयपुर घर भई लोकन्थली बस्दै आएका २२ वर्षीय मनराज राईको ज्यान गएको छ।
उक्त मोटरसाइकलको पछाडि बसेकी २४ वर्षीया मनिकला राईको उपचार भइरहेको प्रहरीले जनाएको छ।