
भारत र अस्ट्रेलियाबीच जारी चार खेलको टेस्ट क्रिकेट शृंखलाअन्तर्गत तेस्रो टेस्ट रोमाञ्चक बनेको छ।
चार सय ७ रनको लक्ष्य पाएको भारतले चौथो दिनको खेल समाप्तीमा २ विकेट गुमाएर ९८ रन चाहिएको छ।
भारतलाई खेल जित्न पाचौँ तथा अन्तिम दिन ३ सय ९ रन बनाउनुपर्ने छ भने बराबरी गर्न दिनभर टिक्नुपर्ने छ। अस्ट्रेलियालाई भने खेल जित्न अन्तिम दिन ८ विकेट चाहिने छ। शृंखला अन्तर्गत पहिलो टेस्ट अस्ट्रेलिया र दोस्रो टेस्ट भारतले जितेको थियो।
दोस्रो पालीमा पहिलो विकेटका लागि ७१ रन जोडेको भारतले दुवै प्रारम्भिक ब्याट्सम्यानलाई नियमित अन्तरमा गुमाएको थियो। रोहित शर्मा ५१ र सुबमन जिल ३१ रनमा आउट भए। यसअघि अस्ट्रेलियाले दोस्रो पाली ६ विकेटको क्षतीमा ३ सय १२ रन जोडेपछि समाप्तीको घोषणा गरेको थियो।
दोस्रो पालीमा अस्ट्रेलियाका स्टिभन स्मिथले ८१ र मार्नस लाबुसचाग्नेले ७३ रन जोडे। मध्यक्रमका क्यामरुन ग्रिनले पनि ८४ रन बनाए। टिम पाइनेले ३९ रन बनाए। स्मिथ र लाबुसचाग्नेले तेस्रो विकेटका लागि एक सय ३ रनको साझेदारी गरेका थिए।
यसअघि ग्रिन र पाइनले छैटौँ विकेटका लागि एक सय चार रनको साझेदारी गरे। स्मिथले पहिलो पालीमा सतक बनाएका थिए। पहिलो पालीमा अस्ट्रेलियाले ९२ रनको अग्रता लिएको थियो।