गरिबका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल जारी : तीन वर्षमा एक अर्ब २२ करोड कर छलेको आरोप

गरिबका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल जारी : तीन वर्षमा एक अर्ब २२ करोड कर छलेको आरोप
+
-

काठमाडौँ- राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गरि एक अर्ब रुपैयाँभन्दा बढी कर छलेको आरोपमा बाराको सिमरास्थित एक कम्पनी र १३ वटा फर्मका सञ्‍चालकसहित १५ जनाविरुद्ध आइतबार विषेश अदालतमा मुद्धा दायर गरेको छ।

उनिहरुविरुद्ध  एक अर्ब २२ करोड २० लाख १९ हजार १९ रुपैयाँ बिगो र त्यसअनुसार जरिवाना तथा कैद सजाय माग गरिएको छ। विभागका अनुसार बाराको सिमरा पिपरा-१ स्थित न्यू सयपत्री इन्टरप्राइजेजले आर्थिक रुपमा कमजोर व्यक्तिहरुका नाममा १३ वटा फर्म दर्ता गरि त्यसबाट नक्कली भ्याट बिल जारी गरेको थियो।

विभागले न्यु सयपत्री इन्टरप्राइजेजका सञ्‍चालक विवेक मगर,१३ वटा फर्मका सन्चालक र मनिष कुमारविरुद्ध मुद्धा दायर गरेको हो। मुल्य अभिवृद्धि करतर्फ ३७ करोड ३६ लाख ६३ हजार एक सय ७३ रुपैयाँ, आयकरतर्फ ८४ करोड २९ लाख ८ हजार सात सय ६९ र लाभांश करतर्फ ५४ लाख ४७ हजार ७७ रुपैयाँ कर छलको आरोप उनिहरुविरुद्ध छ।

आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्म उक्त कर छली भएको दावी विभागको छ।

करिब १३ करोड कर छलेको आरोप


विभागले सामान आयात नै नगरी विभिन्न फर्महरुलाई नक्कली बिल बिजक जारी गरेको आरोपमा सर्लाहीको बलरा गाउँपालिका-२ स्थित संकित जनरल सप्लायर्स प्रालीका सन्चालक सुबोध शाहविरुद्ध १२ करोड ७५ लाख ५१ हजार ६ सय १४ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।

सुबोधले मुल्य अभिवृद्धि करतर्फ ४ करोड ५१ लाख  २७ हजार २ सय ७३ रुपैयाँ, आयकरतर्फ सात करोड १८ लाख ६६ हजार ४ सय ४६ रुपैयाँ र लाभांश करतर्फ एक करोड ५ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ कर छलेको आरोप लगाइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’