जनकपुरधाम– प्रहरीले सिरहामा स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका वडा नं २२ हकपाराका ३९ वर्षीय शिवनाथ यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
सिरहा नगरपालिका वडा नं २१ लकढीगोठस्थित प्रहरीले चेकजाँच गर्दा यादवको साथमा रहेको कपडाको झोलामा स्रोत नखुलेको ३१ लाख ८९ हजारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई नगदसहित आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































