काठमाडौँ – आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।
आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ।
आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो। चाँदी तोलामा रु ४० ले घटेको छ।
आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































