
भारत र अस्ट्रेलियाबीच जारी चार खेलको टेस्ट क्रिकेट शृंखलाअन्तर्गत तेस्रो टेस्ट बराबरी भएको छ।
चार सय ७ रनको लक्ष्य पाएको भारतले पाचौँ तथा अन्तिम दिनको खेल समाप्त हुँदा पाँच विकेट गुमाएर ३ सय ३४ रन जोड्यो। भारतले ९८-२ को स्थितीबाट अन्तिम दिनको खेल अगाडि बढाएको थियो।
भारतको दोस्रो पालीमा रिसभ पन्तले ९७ र चेतेश्वर पुजाराले ७७ रन बनाए। रोहित शर्माले ५२ रन बनाए। हनुमान विहारी २३ र रविचन्द्रन आश्विन ३९ रनमा अविजित रहे। उनिहरुले छैटौँ विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ७१ रन जोडेको भारतले दुवै प्रारम्भिक ब्याट्सम्यानलाई नियमित अन्तरमा गुमाएको थियो।
पन्त र पुजाराले तेस्रो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरे । सोमबार भारतले सुरुवातमै कप्तान अजिन्क्या रहानेलाई गुमाएको थियो। रहाने तेस्रो विकेटका रुपमा आउट हुनुअघि उनले केवल ४ रन बनाएका थिए। शृंखला अन्तर्गत पहिलो टेस्ट अस्ट्रेलिया र दोस्रो टेस्ट भारतले जितेको थियो।
यसअघि अस्ट्रेलियाले दोस्रो पाली ६ विकेटको क्षतीमा ३ सय १२ रन जोडेपछि समाप्तीको घोषणा गरेको थियो।
दोस्रो पालीमा अस्ट्रेलियाका स्टिभन स्मिथले ८१ र मार्नस लाबुसचाग्नेले ७३ रन जोडे। मध्यक्रमका क्यामरुन ग्रिनले पनि ८४ रन बनाए। टिम पाइनेले ३९ रन बनाए। स्मिथ र लाबुसचाग्नेले तेस्रो विकेटका लागि एक सय ३ रनको साझेदारी गरेका थिए।
यसअघि ग्रिन र पाइनले छैटौँ विकेटका लागि एक सय चार रनको साझेदारी गरे। स्मिथले पहिलो पालीमा सतक बनाएका थिए। पहिलो पालीमा अस्ट्रेलियाले ९२ रनको अग्रता लिएको थियो।