आर्मीका कप्तान विनोदको सतक, गण्डकी ९८ रनले पराजित

आर्मीका कप्तान विनोदको सतक, गण्डकी ९८ रनले पराजित
+
-

काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

आर्मीले शुक्रबार भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्‍यो। पहिला ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको सतकीय पालीमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो।

विनोदले एक सय ११ रन बनाए। विकेटकिपर राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाए। विनोदले ७६ बलमा पाँच छक्का र नौ चौका प्रहार गरे। पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेको आर्मीले छैटौँ विकेटका लागि एक सय ३ रनको साझेदारी गरेको थियो।

गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८९ रन मात्र जोड्न सक्यो। आर्मीका बलर राजेश पुलामी एक्लैले पाँच विकेट लिए। उनले ९ ओभरमा दुई मेडन राखेर २५ रनमात्र खर्चिए। सात ओभरमा २६ रन खर्चिएका भीम सार्कीको नाममा तीन विकेट रह्यो। आकाश चन्द र रोहित पौडेलले एक एक विकेट हात पारे।

गण्डकीका लागि समिर पौडेलले सर्वाधिक ५० रन बनाए। अर्जुन कुमालले ३६ र कप्तान विपिन खत्रीले अविजित ३७ रन जोडे। गण्डकीले सात रन जोड्दा ओपनर दीपेश खत्रीलाई व्यक्तिगत एक रनमा गुमाएको थियो। सतकीय पाली खेलेका विनोद प्लेयर अफ दी म्याच घोषित भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?