पारससहितको बागमतीसामु घुँडा टेक्यो पुलिस, आर्मीको शानदार प्रदर्शन कायमै

पारससहितको बागमतीसामु घुँडा टेक्यो पुलिस, आर्मीको शानदार प्रदर्शन कायमै
+
-

काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन्। बागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेट र आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हरायो।

पहिला ब्याटिङ गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९३ रन जोडेको थियो। आर्मीका अनिल मण्डल एक्लैले ८९ रन बनाए। कप्तान विनोद भण्डारीले ४१ रन जोडे। विनोद र अनिलले चौथो विकेटका लागि एक सय १५ रनको साझेदारी गरेका थिए। कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले दुई दुई विकेट हात पारे।

कर्णाली ३३.३ ओभरमा एक सय १५ रनमा सिमित भयो। आर्मीका सुसन भारीले चार, साहब आलमले तीन र रोहित पौडेलले दुई विकेट  हात पारे। आर्मीले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो। त्यस खेलमा कप्तान विनोदले सतक बनाएका थिए।

अर्को खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ११ रन जोडेको थियो। पुलिसलाई सस्तोमा समेट्न बागमतीका तिलक भण्डारी र नन्दन यादबले चार चार विकेट हात पारे। रामनरेश गिरीले पनि दुई विकेट लिए। पुलिसले चार जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके। उसका लागि दीपेन्द्रसिंह एेरी र आरिफ शेखले सर्वाधिक २१/२१ रन जोडे।

बागमतीले ३४.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। बागमतीका पृथु बास्कोटाले सर्वाधिक ४८ रन जोडे। पारस खड्का र इसान पाण्डेले १७/१७ रन बनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?