युवा सनसनीवाज ब्याडमिन्टन खेलाडी प्रिन्सलाई पुष्पलाल र्‍याङकिङको उपाधि

युवा सनसनीवाज ब्याडमिन्टन खेलाडी प्रिन्सलाई पुष्पलाल र्‍याङकिङको उपाधि
+
-

काठमाडौँ-   सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय  र्‍याङ्किङ प्रतियोगिताको उपाधी उचालेका छन् ।

सेमिफाईनलमा शिर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले फाईनलमा एपिएफका दिपेश धामीमाथी २१-१८, २१-१३ को सोझो सेटमा पराजित गरे। प्रिन्स दुई दिनअघि मात्र विश्व ब्याडमिन्टनको जुनियर वरियतामा तेस्रो स्थानमा उक्लिएका थिए।

गोलबजार कभर्डहलमा भएको महिला एकलको उपाधि भिडन्तमा जेशिकाले राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई १८-२१, २१-१५ र २२-२० को सेटमा हराइन्। जेशिकाले पुष्पलाल मेमोरियल ब्याडमिन्टनको उपाधि जितेको यो दोस्रोपटक हो। यस अघि ईटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधी उचालेकी थिईन् ।

पुरुषतर्फ शीर्ष-१६ र महिलातर्फ शीर्ष १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुरुष युगलतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उपाधी उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१-१९, १९-२१ र २१-१३ को जित निकाल्दै उपाधी जितेको हो ।

महिला युगलतर्फ पनि सेनाले उपाधी उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई फाइनलमा २१-१८ र २१-१२ ले पराजित गर्‍यो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?