टिका प्रसाईँले गाएको ‘माया लुकी लुकी’ यूट्युबको ‘१०० मिलियन भ्युज’ क्लबमा

टिका प्रसाईँले गाएको ‘माया लुकी लुकी’ यूट्युबको ‘१०० मिलियन भ्युज’ क्लबमा
+
-

काठमाडौँ- गायिका टिका प्रसाईँले गाएको ‘माया लुकी लुकी’ गितको म्युजिक भिडियो युट्युबको ‘१०० मिलियन भ्युज’ क्लबमा उक्लिएको छ।

आइतबार साँझसम्म यो गीत युट्युबमा  १० करोड ८ हजार एक सय ९८ पटक हेरिएको छ। दुई वर्ष अघि सन् २०१८ को जुन ७ तारिखमा प्रसाईँको आफ्नै यूट्युब च्यानल ‘टिका प्रसाई’मा उक्त गीत अपलोड भएको थियो।

यो च्यानललाई चार लाख २३ हजार यूट्युब दर्शकले ‘सस्क्राइब’ गरेका छन्। गीतको म्युजिक भिडियोमा १३ हजार सात सय २५ पटक कमेन्ट भएको छ। ‘लाइक’ ४ लाख १५ हजारले गरेका छन् भने ‘डिस्लाइक’ बटनमा ४९ हजारले ‘क्लिक’ गरेका छन्।

गीतको म्युजिक भिडियोमा ‘द कार्टुन क्रु’को अभिनय र नृत्य देख्न सकिन्छ। गीतमा आनन्द अधिकारीको शब्द छ भने संगीत आशिष अबिरलले दिएका छन्। ‘एरेन्ज’ पनि अबिरलकै हो। सरोज अधिकारी म्युजिक भिडियोका निर्देशक हुन्। नेपाली म्युजिक भिडियो युट्युबमा १० करोडभन्दा बढीपटक हेरिएको यो सम्भवत दोस्रो अवसर हो। गायिका प्रसाईँले म्युजिक भिडियोको १० करोड युट्युब भ्युजपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छिन्।

यसअघि गायिका मेलिना राई, राजनराज शिवाकोटी र राजन इसानले गाएको ‘कुटुमा कुटु’गीतको म्युजिक भिडियो यूट्युबमा आइतबार साँझसम्म १४ करोड २५ लाख ७९ हजार ९ सय २५ पटक हेरिएको छ।

यो गीत सन् २०१७ को मे २८ मा हाइलाइट्स नेपाल नामक युट्युब च्यानलमा अपलोड भएको थियो। नेपाली चलचित्र दुई रुपैयाँको यो गीतको भिडियोमा ३३ हजार सात सय ३८ पटक ‘कमेन्ट’ भएको छ। यसमा ४ लाख ६० हजारले लाइक गरेका छन् भने ७६ हजारले ‘डिस्लाइक’ बटनमा ‘क्लिक’ गरेका छन्।

स्वस्तिमा खड्का, आसिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ लगायत कलाकारको अभिनय तथा नृत्य उक्त म्युजिक भिडियोमा हेर्न सकिन्छ। यस म्युजिक भिडियोका कोरियोग्राफर कबिराज गहतराज हुन् भने निर्देशक आसिफ शाहको हो। गीतको शब्द र संगीत दुवै राजनराज सिवाकोटीको हो।

पछिल्लो समय युट्युबमा आएको भ्युजका आधारमा गीतको सफलता/असफलता नाप्ने गरिएको पाइन्छ। सामाजिक सञ्जालको व्यापकतासँगै पछिल्लो समय कलाकारले आफ्नै नाममा युट्युब च्यानल खोलेर आफ्ना सृजनाहरु अपलोड तथा सार्वजनिक गर्ने गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?