
काठमाडौँ- अखिल नेपाल फुटबल संघ-एन्फाको वार्षिक साधारण सभाको अघिल्लो दिन सोमबार बसेको केन्द्रीय कार्यसमिती बैठकले ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापामाथीको निलम्बन फुकुवा गरेको छ।
थापामाथी यसअघि एन्फाले कारबाही स्वरुप निलम्बन गरेको थियो। यसैगरि समितीको बैठकले एन्फाको नयाँ जिल्ला सदस्यका रुपमा मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई सदस्यता दिन सिफारिस गर्ने निर्णय गरेको छ। यसलाई साधारण सभाले अनुमोदन गर्नुपर्ने छ।