
अहिलेको समय हामी सूचना, भावना आदान प्रदान बिना एक छिन पनि बस्न सक्दैनौं । प्रविधिको विकास र सहजरुपमा प्रविधिसँगको हाम्रो पहुँचले त झन संसारलाई नै नजिक बनाएको आभाष हुन्छ ।
ति धेरै प्रविधिमध्ये मोबाइल फोन हाम्रो जीवनको अभिन्न अंग बनेको छ । इन्टरनेट, भिडियो, चलचित्रहरु सहज रुपमा मोबाइलबाट हेर्न सकिने भएकै कारणले यसको प्रयोग झन बढेको छ ।

मनोविज्ञ आदर्श प्रधान
मोबाइलको कुरा गर्दा स्मार्ट फोन, आइफोन जस्ता फोनको विकास र सफलता पछि झन यसको बजार आकासिएको छ । स्मार्ट फोन बोकेर स्माट देखिन खोज्ने हामीहरु यसको उचित प्रयोग गर्न नजान्दा जिवनमै ठूलो मल्य चुकाउनु परिरहेको हुन्छ ।
फेसबुक, स्काइपदेखि ट्वीटरसम्म पनि सजिलै चलाउन सक्ने भएकोले मोबाइलको प्रयोग एकाएक बढिरहेको छ । नयाँ नयाँ मोबाइल आउनुको साथ परिवर्तन गर्ने बानी धेरै यूवाहरुको छ ।
तर मोबाइल फोनले गर्ने असरको बारेमा त्यति ख्याल राख्ने गरेको भने पाईँदैन । मोबाइल फोनको असरलाई लिएर धेरै अनुसन्धान भइरहेको छ । धेरै अनुसन्धाकर्ताले मोबाइलले पार्ने असरबारेमा प्रतिबेदनहरु सार्वजनिक गरिसकेको छ ।
चुम्बकीय विद्युत क्षेत्र
विज्ञानको भाषामा भन्ने हो भने हाम्रो शरीरमा चुम्बकीय विद्युत क्षेत्र हुन्छ । त्यस्तै पृथ्वीको प्रत्येक बस्तुहरुमा पनि चुम्बकीय विद्युत क्षेत्र रहेको हुन्छ । जसलाई मापन गर्न सकिन्छ ।
हामी जब प्रकृतिसँग एकाकार भएर आनन्द लिएर बसेको बेला हाम्रो शरीरमा उर्जा भरिएको महशुस गर्छौं । त्यतिबेला प्रकृतिसँगको चुम्बकीय विद्युत क्षेत्रबाट उर्जा सजिलै प्राप्त गर्दछौं ।
प्रविधिको आबिष्कारले मानव जीवन सहज पारेता पनि यसको प्रदुषणले निम्ताउने असर बारे हामी चनाखो छैनौं । यो अत्यन्त शुक्ष्म हुने भएकोले थाहा नपाउने गरी नै असर पु¥याइरहेको हुन्छ ।
यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँदछ । हाइ भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भेक्युम क्लिनर, मोबाइल फोन, कम्प्यूटर, टि.भी., हिटर आदी विद्युतीय यन्त्रहरुबाट चुम्बकीय प्रदुषण भइरहेको हुन्छ ।
अनुसन्धानको केही तथ्यहरु
स्वीडेन विश्वविद्यालयको अनुसन्धान अनुसार मोबाइल फोनमा दुई मिनेट गरेको कुराकानीले मस्तिष्कको रक्त प्रणालीमा अवरोध पु¥याउँछ । जसले गर्दा मस्तिष्कमा एल्यूमिन प्रोटिन प्रवेश गर्छ जसले स्नायुतंत्रलाई हानी गर्दछ ।
मोबाइलको प्रयोगले अल्जाइमर, पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोग लाग्न सक्दछ । अहिले सम्म गरेको पन्ध्र हजार भन्दा बढी अनुसन्धानले मोबाइलको प्रयोगकोबाट हुने खतराको पुष्टि गर्दछ ।
न्यूजिल्याण्ड स्थित लिनकालिन विश्वविद्यालयको अनुसन्धान अनुसार मोबाइल फोनको विद्युत चुम्बकीय क्षेत्रले मानिसलाई डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थितिसम्ममा पु¥याउने गरेको पाइएको छ । मोबाइल फोनको विद्युत चुम्बकीय क्षेत्र शरीरको मिनरल, हरमोन, कैल्सीयम आदी तत्वमा असन्तुलन बनाएर हाम्रो मनोशरीरमा असर पु¥याउँछ ।
कोरियामा अध्यापन गरिरहेका डा. भानु श्रेष्ठ “सन् १९९३ मा मोबाइल फोनको एन्टेनाबाट निस्केको रेडियो फ्रिक्वेन्सी सुरक्षाको बारेमा वैज्ञानिक अनुसन्धानमा डा. जर्ज कार्लो र उनका समुहले ६ वर्षसम्म लगाएर मोबाइलको प्रयोगले मस्तिष्कको ट्युमर हुन सक्ने अर्थात मस्तिष्कको क्यान्सरलाई २/५ गुणा बढाउने, मोबाइलको एन्टेना प्रयोग गरेतिर मस्तिष्कको क्यान्सर हुने सम्भावना भएको पत्ता लगाएको कुरा बताउँछन् ।”
मोबाइलले स्वास्थ्यमा पार्ने असर
मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने गर्दछ जुन बेला चुम्बकीय क्षेत्र बन्दछ । उक्त चुम्बकीय क्षेत्रले मानिसलाई असर पु¥याउँदछ । कमजोरी, टाउको दुखाई, थायराइडको समस्या, डिप्रेशन, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, मस्तिष्कको क्यान्सर आदी जस्ता गम्भीर रोग लाग्न सक्दछ ।
असरबाट बच्न के गर्ने ?
मोबाइल फोनलाई मुटुसँग नराख्ने, पाइटको गोजीमा राख्ने ।
ल्याण्ड लाइन फोनको प्रयोग बढी गर्ने ।
अत्यन्त जरुरी फोन बाहेक धेरैबेरसम्म कुरा नगर्ने ।
पन्ध्र वर्ष भन्दामुनिको उमेरको व्यक्तिले मोबाइलको प्रयोग सकभर नगर्ने ।
माइक्रोवेभलाई सोस्न सक्ने चिप्सको मोबाइलमा प्रयोग गर्ने ।
मोबाइललाई सुत्नेबेलामा खाटमा वा आफूसँगै नराख्ने ।
मोबाइलमा कुरा गर्दा हेडसेटको प्रयोग नगर्ने ।
गुडिरहेको मोटर, गाडी भित्र बसेर फोनमा कुरा नगर्ने ।
मोबाइलको सिग्नल कम आएको बेला फोनमा कुरा नगर्ने ।
विभिन्न कम्पनिहरुले मोबाइलको विद्युत चुम्बकीय क्षेत्रलाई कम गर्ने चिप्सहरुको विकास गरेको छ । के लिंक कम्पनिले के. इनर्जी स्टिकर भनेर मोबाइलमा टास्ने स्टिकर बनाएको छ, जसले मोबाइलका विद्युत चुम्बकीय क्षेत्रलाई कम गर्ने कम्पनिले जानाएको छ ।
मोबाइलको विद्युत चुम्बकीय क्षेत्रले असर पु¥याउने बारेमा वैधानिकता नपाए पनि यसको प्रयोगमा भने सावधानी अपनाउनु जरुरी छ ।
साना–साना कुराका लागि, मनोरञ्जनका लागि, समय कटाउनको लागि, मोबाइलको बढी प्रयोग गरेमा यसबाट महंगो हानी पुग्छ भन्ने बिर्सनु हुदैन । प्रविधिको विकाससँगै कम विद्युत चुम्बकीय क्षेत्र बनाउने मोबाइलको विकास गर्न सकेमा न्यून असर पुग्ने अनुसन्धानकर्ताले जनाएका छन् ।
(मनोविद आर्दश प्रधानसँग बिन्दु शर्माले गरेको कुराकानीमा आधारित)