भारतीय दूतावासको विराटनगर कार्यालयमा विस्फोट केसमा दुई विप्लव कार्यकर्ता पक्राउ

भारतीय दूतावासको विराटनगर कार्यालयमा विस्फोट केसमा दुई विप्लव कार्यकर्ता पक्राउ
+
-

विराटनगर- गत सोमबार विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आशंकामा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अुनसार मोरङको बेलबारी नगरपालिका ४ का ४२ वर्षीय युगेन भनिने उदय राई र ताप्लेजुङ थुकिमा ७ का ३४ वर्षीय भीम लिम्बूलाई विराटनगरबाट पक्राउ गरिएको हो। पक्राउ परेका मध्ये राई नेकपाको मोरङ सेक्रेटरी र लिम्बू कार्यकर्ता हुन्। उनीहरु विरुद्ध प्रहरीले सोमबार बम विष्फोटन सम्बन्धी मुद्दा दर्ता गर्न म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। दुबै जनालाई आइतबार पक्राउ गरिएको बिसीले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई प्रहरीले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो। दुई नेता कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटको घटनामा नेकपाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। दूतावासको सम्पर्क कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा गत सोमबार राति ८ः१५ बजे प्रेसर कुकर बम विष्फोट गराइएको थियो।

प्रहरीका अनुसार, पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो पार्टीको संलग्नता रहेको स्वीकार गरेका छन्। तथापि प्रहरीले बम विष्फोटमा कति जना संलग्न थिए भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न भनेर नाम आएका नेकपामा आवद्ध अन्य व्यक्तिहरुको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटना भएकै भोलिपल्ट मंङ्गलबार पूर्वसांसद बाबुलाल पासवानलाई पनि पक्राउ गरेको थियो । माओवादीबाट सांसद बनिसकेका उनी अहिले नेकपामा आवद्ध छन्। घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका पूर्वसांसद पासवान विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको एसपी बिसीले जानकारी दिए।

सम्पर्क कार्यालयमा गरिएको विस्फोट। तस्बिर: अभयकुमार राई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?