लुम्बिनीका सन्दीप रजालीको ८३ रन, मेहबुब आलमसहितको प्रदेश दुई ७७ रनले पराजित

लुम्बिनीका सन्दीप रजालीको ८३ रन, मेहबुब आलमसहितको प्रदेश दुई  ७७ रनले पराजित
+
-

काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलबार प्रदेश-२ ले लुम्बिनी प्रदेशसँग ७७ रनको हार ब्यहोरेको छ। २ सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश दुई ४२.४ ओभरमा एक सय ८० रनमा समेटिएको थियो।

लुम्बिनीलाई सस्तोमा समेट्न अनिल खरेलले चार तथा विक्रम भुसाल र दीपेन्द्र रावतले दुई दुई विकेट हात पारे। कृष्ण कार्की र अमित तामाङले एक एक विकेट लिए। प्रदेश-२ का विवेक यादबले सर्वाधिक ५१ रन जोडे। सुधिर चौधरीले ४२ र मेहबुब आलमले ३१ रन जोडे। हरिशंकर शाहले पनि २२ रन बनाए। कप्तान सुरज कुर्मी ८ रनमा सिमित भए।

प्रदेश-२ ले पहिलो विकेटका लागि ३२ र तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो। एक सय ५ रन जोड्दा दुई विकेट मात्र गुमाएको प्रदेश-२ ले सोही अवस्थामा मेहबुबलाई गुमाएपछि लगातार दबाबमा आएको थियो। अमितले उनलाई आउट गरेका थिए। त्यसपछि थप १८ रनको फरकमा उसले ६ विकेट गुमायो।

अन्तिम विकेटका लागि प्रदेश-२ ले ५६ रनको साझेदारी गरेको थियो। अनिलले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चिएका थिए। त्यसअघि लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन जोडेको थियो। लुम्बिनीका सन्दिप रजालीले ८९, सौरभ खनालले ५६ र विक्रम भुसालले ३६ रन बनाए।

रजाली र खनालले चौथो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए। लुम्बिनीले ४२ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। प्रतियोगितामा लुम्बिनीले विजयी सुरुवात गरेको हो। प्रदेश-२ को पनि पहिलो खेल थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?