टिपरले ठक्कर दिँदा किशोरीको मृत्यु

टिपरले ठक्कर दिँदा किशोरीको मृत्यु
+
-

झापा – झापाको मेचीनगर नगरपालिका वार्ड नं १३ मा टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ।

बुधबार बिहान करिब साँढे ५ बजेतिर चन्द्रगढी-चारआली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्री मेचीनगर १३ का १८ वर्षका राहुल बस्नेत र सोही वार्ड नं की १८ वर्षीया अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो।

बस्नेतको हात र खुट्टामा चोट लागेको र शिवाकोटीको टाँउकोमा चोट लागेर उपचारका लागि दुवैलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्कर दिने टिपर तथा चालक भद्रपुर नगरपालिका ९ का सुमन ओझा इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष