आईपीएलको आगामी सिजनका लागि खेलाडी ‘रिलिज’ गर्ने आज अन्तिम दिन, के होला सन्दीपको भविष्य?

आईपीएलको आगामी सिजनका लागि खेलाडी ‘रिलिज’ गर्ने आज अन्तिम दिन, के होला सन्दीपको भविष्य?
+
-

काठमाडौँ- इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको आगामी सिजनका लागि टोलीहरुले खेलाडी ‘रिटेन’ र ‘रिलिज’ गर्ने बुधबार अन्तिम दिन हो।

८ वटै फ्रेन्चाइजले यो अवधिमा टोलीबाट छाड्ने र टोलीमा राखिने खेलाडीको सूची आयोजकलाई बुझाउनु पर्ने छ। रिलिज हुने खेलाडीले आगामी अक्सनका लागि ‘स्वतन्त्र’ हुनेछन्। त्यस्ता खेलाडी जुनसुकै टोलीले पनि लिन सक्ने छन्।

यतिबेला नेपालका सन्दीप लामिछानेमाथि क्रिकेटप्रेमीको नजर छ। सन्दीप दिल्ली क्यापिटल्सबाट खेल्ने गर्छन्। पछिल्लो सिजन उनको सम्झौताको अन्तिम वर्ष थियो। उनी तीन सिजनअघि दिल्लीमा आबद्ध भएका थिए।

त्यतिबेला उनलाई दिल्लीले एक सिजनका लागि २० लाख भारतीय रुपैयाँ तिर्ने गरि आबद्ध गरेको थियो। उनी दिल्लीसँग तीन सिजन बस्नुपर्ने बाध्यता थियो।

सन्दीप आईपीएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी हुन्। उनीयता अन्य नेपाली खेलाडी भने आईपीएलमा आबद्ध हुन सकेका छैनन्। यूएईमा सम्पन्न गत आईपीएल सिजनमा सन्दीपले एक खेल पनि खेल्न नपाएका कारण दिल्लीले उनलाई ‘रिटेन’ गर्नेमा आशंका गरिएको छ।

यसपटक मेगा अक्सन हुने पालो हो। तर कोरोना महामारीका कारण यसपटक मिनी अक्सन गर्ने तयारी आयोजकको छ। त्यसैले रिटेन भएका खेलाडीले पुरानै तलबमा खेल्नुपर्ने छ। मिनी अक्सन भएकाले रिटेन भए सन्दीपले पनि पुरानै तलबमा खेल्नुपर्ने हुन्छ। मेगा अक्सनका बेला सबै खेलाडी अक्सनका लागि खुला गरिन्छन्।

आईपीएल आयोजकले रिटेन र रिलिज हुने खेलाडीको नाम बिहीबार सार्वजनिक गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?