आधा केजीभन्दा बढी ब्राउन सुगरसहित ९ जना पक्राउ

आधा केजीभन्दा बढी ब्राउन सुगरसहित ९ जना पक्राउ
+
-

काठमाडौँ- नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो-एनसिबीले आधा केजीभन्दा बढी खैरो हिरोइन अर्थात ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ। यीमध्ये अधिकांश काठमाडौँबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा इलामको माइ नगरपालिका-४ का ३१ वर्षीय सन्दीप राई, ३२ वर्षीय दीपक राई, इलामको इलाम नगरपालिका-२ का ३६ वर्षीय केसाङ्ग योल्मु, मनाङको ङिस्याङ्ग गाउँपालिका-३ नावलका ४६ वर्षीय टासी सन्डुप गुरुङ, पाँचथरको फालेलुङ्ग गाउँपालिका-८ का ५५ वर्षीय भीमप्रसाद लोवा, झापाको बुद्धशान्ति गाउँपालिका-४१ वर्षीय दिनेश कुमाल र ४६ वर्षीय सन्तोष सापकोटा छन्।

यसैगरि झापाको भद्रपुर नगरपालिका-१० का ४१ वर्षीय राजेश श्रेष्ठ र इलामको माई जोगमाई गाउँपालिका-३ का ३६ वर्षीय सोनाम कागते रहेका छन्। उनिहरु सबै एउटै गिरोहको सदस्य भएको एनसिबीको दावी छ। उनिहरुको साथबाट पाँच सय ३६ दशमलब ५ ग्राम ब्राउन सुगर, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ र ६ हजार १ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।

यीमध्ये भीमले सन्दीप राईले उनको नाममा बैंकमा जम्मा गरिदिएको चार लाख ६० हजार रुपैयाँ निकाल्नेक्रममा पक्राउ परेको प्रहरीको भनाई छ। काठमाडौंको कुमारीस्थान बस्दै आएका राजेश श्रेष्ठको कोठामा खानतलासी गर्दा तीन लाख ३७ हजार पाँच सय नेपाली रुपैयाँ र ६ हजार एक सय अमेरिकी डलर बरामद भएको एनसिबीले जनाएको छ। काठमाडौँको मित्रनगरबाट पक्राउ परेका केसाङ योल्मुको साथबाट मात्र चार सय ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको दावी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?