
काठमाडौँ- शान्ति स्थापनार्थ सिरियामा रहेका नेपाली सेना यतिबेला माइनस २० डिग्री सेल्सियस तापक्रम र २० फिट गहिरो हिँउ भएको क्षेत्रमा खटिइरहेका छन्।
सिरियाको अति संवेदनशीय मानिने माउन्ट हर्मन इजरायलले पनि दावी गर्दै आएको छ। स्वामित्वलाई लिएर यो विवाद ४६ वर्षयता निरन्तर छ।शान्ती स्थापनार्थ नेपाली सेना खटिएको यो ठाउँ संयुक्त राष्ट्र संघीय शान्ती सैनिक मिसन रहेको विश्वकै सबैभन्दा अग्लो ठाउँ मानिन्छ।
यस क्षेत्रमा ठुलो संख्यामा विद्युतीय धरापहरु रहेको बताइन्छ। मुस्ताङको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला तालिम लिएका नेपाली सैनिकहरु यस्ता क्षेत्रमा खटिने गर्छन्। माउन्ट हर्मनमा वर्षको ६ महिना हिमपात हुन्छ। सन् २०१३ यता नेपाली सेना त्यस क्षेत्रमा छ।
नेपालका वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले यो मिसनको फोर्स कमाण्डर भएर काम गरिसकेका छन्। शान्ती सेनामा खटिएका नेपाली सेनाको टोलीमध्ये सबैभन्दा ठुलो संख्या यो मिसनमा परिचालन छ।