स्कर्चर्सले हुरिकेन्सलाई दियो १८० रनको लक्ष्य, सन्दीपले २ विकेट लिएर २७ रन दिए

स्कर्चर्सले हुरिकेन्सलाई दियो १८० रनको लक्ष्य, सन्दीपले २ विकेट लिएर २७ रन दिए
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले दुई दिनअघि रिलिज गरेका सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको शुक्रबार जारी पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका छन्। उनले चार ओभरमा २७ रन खर्चिए।

पहिला ब्याटिङ गरिरहेको स्कर्चर्सले होबर्ट हुरिकेन्सलाई एक सय ८० रनको लक्ष्य दिएको छ। स्कचर्सका जोस इङ्लिसले सर्वाधिक ५८ रन जोडे। झाय रिचार्डसनले २९, लायम लिभिङस्टोनले २६ र जेसन रोयले २० रनको योगदान गरे। हुरिकेन्सका सन्दीपबाहेक नाथन एलिसले चार विकेट लिए। उनले चार ओभरमा ३४ रन खर्चिए।

सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा ओपनर लिभिङस्टोनलाई आउट गरे। पहिलो बलमा लिभिङस्टोनले सन्दीपलाई छक्का प्रहार गरेका थिए। छैटौँ ‌ओभरमा सन्दीपलाई बलिङमा ल्याइएको थियो। आठौँ ओभरमा सन्दीपले मिचेल मार्सलाई एलबीडब्लु धरापमा पारे।

दिल्लीले बुधबार सन्दीपलाई रिलिज गरेको थियो। आगामी फेब्रुअरीमा हुने अक्सनमा अब उनी सहभागी हुन पाउने छन्। दिल्लीले लगातार तीन सिजन राखेपछि सन्दीपलाई रिलिज गरेको हो। उनले आईपीएलको गत सिजन एक खेल पनि खेल्न पाएका थिएनन्।

स्कचर्स ११ खेलबाट २४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। हुरिकेन्सको ११ खेलबाट २३ अंक छ। शीर्षस्थानमा रहेको सिड्नी सिक्सर्सको ११ खेलबाट ३२ अंक छ। सन्दीपले यो सिजन बिग बासमा ६ खेलमा ६ विकेट लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?