पेनस्टिक पाइप मर्मत गर्नुपर्ने भएपछि हिल्दुम जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द

पेनस्टिक पाइप मर्मत गर्नुपर्ने भएपछि हिल्दुम जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द
+
-

सिमकोट– दुई वटा गाउँपालिकामा विद्युत सेवा प्रदान गर्दै आएको हुम्लाको हिल्दुम जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द भएको छ।

पावर हाउसमा जडान गरिएको पेनस्टिक पाइप मर्मत गर्नुपर्ने भएपछि शनिबार बिहानबाट विद्युत आपूर्ति बन्द गरिएको वितरण केन्द्रका प्रमुख साजन ऐडीले जानकारी दिए।

पेनस्टिक पाइपमा पानी चुहिने समस्या आएपछि मर्मत गर्नुपरेको र यसका लागि प्राविधिक टोली मर्मत स्थलमा काम गरिरहेको ऐडीले बताए।

मर्मत कार्य सम्पन्न नहुँदासम्म विद्युत आपूर्ति बन्द रहने केन्द्रले जनाएको छ।

विद्युत आपूर्ति बन्द हुँदा सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार आठ सय सेवाग्राही प्रत्यक्ष रुपमा मर्कामा पर्नेछन्।

पानीको श्रोत कम भएको कारण विद्युत उत्पादन कम भएपछि उक्त आयोजनाले दैनिक १२ घण्टासम्म लोडसेडिङ सुरु गरेको थियो। उत्पादन कम र माग बढी भएपछि बिहानबाटै बेलुका दश बजेसम्म लोडसेडिङ हुने गरेको केन्द्रले जनाएको छ।

हाल आयोजनाले एक सयदेखि १५० किलोवाटसम्म विद्युत उत्पादन गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?