संविधान मन नपराउने शक्तिले वैशाखपछि ओलीलाई हटाएर अर्को खिलराजको खोजी गर्छः वर्षमान पुन

संविधान मन नपराउने शक्तिले वैशाखपछि ओलीलाई हटाएर अर्को खिलराजको खोजी गर्छः वर्षमान पुन
+
-

बुटवल– नेकपा नेता वर्षमान पुनले केपी ओली वैधानिक प्रधानमन्त्री नभएको बताएका छन्।

आदिवासी जनजाति महासंघ नेपाल रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले नेपालमा वैधानिक प्रधानमन्त्री नै नरहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुलुक वैधानिक प्रधानमन्त्री विहीन रहेको तर्क गरे।

‘हामीले त प्रतिनिधिसभालाई विघटन मानेका छैनौँ, तर ओलीजीले विघटन गरेको भन्दै हिँड्नुभएको छ, प्रतिनिधिसभा सदस्य नै नभएपछि ओलीजी कसरी प्रधानमन्त्री हुनुभयो,’ उनले भने।

उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने बताए। उनले प्रतिनिधिसभा विघटन गरेर ओली नेतृत्वले संघीयता, धर्मनिरपेक्षता, समावेशितालाई खोस्न खोजेको आरोप लगाए।

‘राष्ट्रिय, अन्तर्राष्ट्रिय सेटिङमा चालिएको कदम हो,’ नेता पुनले भने, ‘प्रतिगमनविरुद्ध हरेक सचेत नागरिक विरोधमा उत्रनुपर्छ।’

ओलीलाई ५ वर्षसम्म सरकार सञ्चालनका लागि पार्टीले निर्णय गरेको अवस्थामा संविधानलाई कुल्चेर संसद विघटन गरिएकाले यो प्रतिगामी कदम भएको उनको जिकिर छ।

‘चुनाव गराउनका लागि वैशाखको मिति तय गरिएको होइन, ३ महिनामा चुनाव हुने अवस्था नै बन्दैन, यो परिवर्तनलाई खोस्न चालिएको कदम मात्रै हो,’ नेता पुनको तर्क छ।

उनले कामचलाउ प्रधानमन्त्री ओलीलाई वैशाखपछि झ्यालबाट पछार्ने समेत बताए। पछिल्ला केही समययता भारतका गुप्तचर, सेनाका प्रमुखसहित मिडियासमेत आउनुले संसद विघटनमा अन्तर्राष्ट्रिय शक्तिको समेत चलखेल भएको अनुमान गर्न सकिने उनले बताए।

‘नेपालको संविधान मन नपराउने शक्तिहरुले खेलिरहेका छन्, हेर्दै जानुस् वैशाखपछि ओलीजीलाई पनि त्यही शक्तिले झ्यालबाट फाल्नेछ र प्राप्त परिवर्तन उल्ट्याउने गरी अर्को खिलराजको खोजी हुनेछ,’ पुनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?