निर्वाचन आयोगले निर्णय क्षमता गुमायोः पुन

निर्वाचन आयोगले निर्णय क्षमता गुमायोः पुन
+
-

बुटवल – नेकपाका नेता वर्षमान पुनले निर्वाचन आयोगले निर्णय क्षमता गुमाएको बताएका छन्।

आइतबार आयोगले नेकपा विभाजन नभएको र पूरानै अवस्थालाई मान्यता दिएपछि पुनले रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा गरेको कार्यक्रममा बोल्दै आयोगले विवाद मात्र पन्छाउने काम गरेर निर्णय गर्न नसकेको बताए।

‘निर्वाचन आयोगले आफ्नो संवैधानिक र कानूनी जिम्मेवारीलाई प्रयोग गरेन। विवादलाई पन्छाउने काम मात्र गर्‍यो९उनले भने९आयोगमा निर्णय गर्ने क्षमताको अभाव देखियो।’

दुई पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय समिति रहेको र त्यसको ७० प्रतिशत आफ्नो समूहमा रहेको पुनले बताए।

‘२ सय ९६ जनाले हस्ताक्षर नै बुझाइसकेका छौं, त्यही नै आधिकारिक हो’, उनले भने।

उनले आयोगको निर्णयबारे विस्तृत रुपमा अध्ययन गरेर पार्टीलाई वैधानिकता दिनका लागि प्रक्रिया अघि बढाउने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?