
सिमकोट-जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका सबै विद्यालयमा माघ १५ गतेबाट पठन पाठ हुने भएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना संक्रमणको त्रास कम भएको कारण विद्यालय सुचारु हुन लागेका हुन।
चार वटा माध्यामिक र १३ वटा आधारभुत विद्यालय गपिर १७ वटा विद्यालयमा माघ १५ गतेबाट पठन पाठन सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले बताए।
गाउँ कार्य पालिकाले विद्यालयमा पठन पाठन सुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाको कार्यालयले सबै विद्यालयलाई पठन पाठनको तयारी गर्न पत्राचार गरि सकेको उनले बताए।
कोरोना संक्रमण बिरुद्धका सामाग्री भने गाउँपाकिलाले सहयोग गर्ने भएको छ। माघ १५ गतेबाट पठन पाठन गर्ने ताँजाकोट गाउँपालिका तेस्रो गाउँपालिका भएको छ।
यसअघि सिमकोट र सर्केगार्ड गाउँपालिकाले ६० वटा विद्यालयमा पठन पाठन सुरु गर्ने निर्णय गरि सकेका छन् भने अदानचुली गाउँपालिकाले पुस १५ गतेबाटै पढाई सुरु गरि सकेको छ।
अब तीन वटा गाउँपालिका, नाम्खा, खार्पुनाथ र चंखेलीले पठन पाठन सुरु गर्न बाँकी रहेका छन्।