गैँडाकोट नगरपालिका भित्रका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने

गैँडाकोट नगरपालिका भित्रका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने
+
-

नवलपुर-गैँडाकोट नगरपालिका भित्रका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने भएको छ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी काम शुरुआत भएको भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले जानकारी दिए।

भूमि समस्या समाधान आयोगको एकाइ कार्यालयको गैँडाकोटमा उद्घाटन गर्दै उनले गैँडाकोटका भूमिहीनलाई आगामी असार मसान्तभित्र नै जग्गाको लालपुर्जा वितरण गर्ने बताए।

आयोगले गत मङ्सिर २७ गते गैँडाकोट नगरपालिकासँग पोखरामा सम्झौता गरेको जानकारी दिँदै उनले वास्तविक सुकुम्बासीको समस्या समाधान हुनेगरी काम थाल्नसमेत कर्मचारीलाई निर्देशन दिए।

‘भावनामा बग्ने, स्वार्थबाट प्रेरित भई सिफारिस गर्ने गरेमा अख्तियारसमेत आकर्षित हुन्छ’, उनले भने, ‘गम्भीर सतर्कताका साथ काम गर्नुहोला ताकि नगरपालिकाभित्रका भूमिहीनको समस्या समाधान होस्।’

सरकारले पहिलो चरणमा १०० वटा स्थानीय तहको काम गर्न भने पनि ४०० स्थानीय तहसँग समस्या समाधान गर्न सम्झौता भएको अध्यक्ष ज्ञवालीले जानकारी दिए। आयोगले ७५३ वटै स्थानीय तहको समस्या तीन वर्षभित्र सक्ने जनाएको छ।

नगरप्रमुख छत्रराज पौडेलले एकाइ कार्यालय स्थापनासँगै नगरपालिकाले पारदर्शीरुपमा लगत सङ्कलन गर्ने र वास्तविक सुकुम्बासीले अब दोस्रो दर्जाको आरोपमा बाँच्नु नपर्ने प्रष्ट पारे।

भूमिहीनको समस्या समाधान गर्ने प्रक्रिया जटिल भए पनि आयोग गठन भएपछि कानूनी व्यवस्थाले काम गर्न सहज हुने उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष