
सिमकोट- हिमाली जिल्ला हुम्लामा नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहको आम हडतालको कुनै प्रभाव देखिएको छैन।
फाट्फुट्ट मात्रै गाडि ठाउ हेरिकन नचलेपनि अधिकांश ठाउँमा सावरी साधन सदाझै उस्तै चलेपछि हुम्लामा प्रभाव नपरको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।
उनले भने,’ हिमाली जिल्ला हुम्लामा सदा झै गतिबिधिहरु अगाडि बढी रहेपछि हडतालको प्रभाव नदेखिएको हो। प्रशासनले सबै चाडिहरुलाई निर्वाध रुपमा चल्न दिएका छौँ।’
सदरमुकाम सिमकोटमा हडतालको प्रभाव नपरेपछि अन्य गाउँपालिकामा पनि कुनै असर नपरेको प्रमुख जिल्ला अधिकारीले बताए।
यता, बुधवार बेलुका नै दाहाल नेपाल समूहका कार्यवाह अध्यक्ष तीर्थ राज रोकायाले हडताल सफल पार्न विज्ञप्ति जारी गरे पनि त्यसले कुनै असर परेन।
सदरमुकाम सिमकोटका कुनै पनि पसल तथा होटेलहरु बन्द भएका छैनन्। विद्यालयमा पठन पाठन पनि सूचारु रहेका छन्।
यस्तै सरकारी कार्यालयमा पनि सेवा खुल्लै छ भने सेवाग्राहीको चहल पहल भइरहेको छ। त्यतिमात्रै होइन यहाँका हडतालका गर्ने दाहाल नेपाल समूह पनि बजारमा देखिएका छैनन्।
स्थानीय रुटमा गाडी सञ्चालनमा आइरहेका छन् भने नेपालगंज र सुर्खेतबाट हवाई यातायात पनि सुचारु नै छ। तर कतै अराजक गतिविधि भइहाल्छ कि भनेर स्थानीय प्रसाशले बजार क्षेत्रमा भने सुरक्षा गस्ती बढाएको छ।