प्रचण्ड-नेपालको आम हड्ताल सकियो– देशभर १८४ जना पक्राउ, १७ स्थानमा तोडफोड र एक ठाउँमा आगजनी

प्रचण्ड-नेपालको आम हड्ताल सकियो– देशभर १८४ जना पक्राउ, १७ स्थानमा तोडफोड र एक ठाउँमा आगजनी
+
-

काठमाडौँ- संवैधानिक निकायमा असंवैधानिक तरिकाले नियुक्त गरिएको भन्दै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बिहीबार आह्वान गरेको आम हड्ताल समग्रमा शान्तिपूर्ण रह्यो।

यद्यपि जनकपुरधाममा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा केही प्रहरीसमेत छन्। झडपमा घाइते भएका चारजनालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ।

झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा कार्यकर्ता प्रदिप साहलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको हो।

काठमाडौँ उपत्यकामा उक्त समूहका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका थिए। काठमाडौँमा बिहान एउटा ट्याक्सीमा आगजनी हुनुबाहेक अन्य स्थानमा आगजनीका घटनाहरु भएनन्।

प्रहरी प्रधान कार्यालयका अनुसार तोडफोड तथा बन्द गराउँदै हिँडेका एक सय ८४ जनालाई पक्राउ गरिएको छ। सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ८७ जना पक्राउ परेका छन्। प्रदेश-१ मा १८, प्रदेश-२ मा ५२, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १६ र प्रदेश-५ मा १६ जना पक्राउ परेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने एकजना पनि पक्राउ परेनन्।

यसैगरि बिहीबार देशभर १७ स्थानमा तोडफोडमा घटनाहरु भएका छन्। प्रदेश-१ मा ५, प्रदेश-२ मा ३, बागमती प्रदेशमा ४ र काठमाडौँ उपत्यकामा ५ वटा तोडफोडका घटना भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए। कुँवरले पक्राउ परेकालाई आवश्यक छानबिन गरी आजै साँझसम्म छाडिने बताए।

बन्दलाई असफल पार्न प्रधानमन्त्री ओलीनिकट समूहहरु ठाउँ–ठाउँमा सडकमा निस्किए पनि सुरक्षा निकायले त्यसलाई सफल रुपमा व्यवस्थापन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?