सेयर बजारको गिरावट रोकिएन

सेयर बजारको गिरावट रोकिएन
+
-

काठमाडौं-साताको पहिलो दिनदेखि सुरु भएको सेयर बजार घट्ने क्रम बुधबारम्म रोकिएको छैन। तीन दिनमा करिब २५ अंकले घटेको नेप्से परिसूचक साताको चौथो दिन पनि ९.२९ अंकले घटेको छ।

परिसूचक घटेसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ। बुधबार १ सय ५५ कम्पनीको सेयर खरिद बिक्रिबाट ४२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से परिसूचक निरन्तर ओरालो लाग्‍न थाले पनि ब्रोकर अफिस गई कारोबार गर्ने लगानीकर्ताको संख्या घटेको एक ब्रोकरले जानकारी दिए।

बुधवार अनामनगरमा रहेको ब्रोकर कार्यालय पुग्दा ट्रेडिङ कक्ष सुनसान देखिएको थियो। कार्यालयमा भेटिएकोका लगानीकर्ता गोपाल प्रसाद ओलीले बैंकले ब्याजदर बढाएकाले सेयर किन्‍नेक्रम घटेको बताए।

अर्का लगानीकर्ता छबिलाल अधिकारी पनि बैंकले ब्यादर बढाएकाले नै बजार ओरालो लागेको तर्क गर्छन्। उनी राजनीतिक कारणले एक दुई दिन बजार बढ्न सक्ने भन्दै बजार स्थिर रुपले माथि जान आर्थिक बिषयमा सुधार हुनुपर्ने बताउँछन्।

देश सञ्चार सँग कुरा गर्दै एक बैंकका प्रमुख कार्यकारी अधिकृतले ब्याजदरमा सामान्य हेरफेर भएको बताए। उनले ब्याजदरमा भएको परिवर्तनलाई नियमित किसिमको भएको बताए।

मंगलबार सबैभन्दा बढी कारोबार भई अग्र स्थानमा रहेको नेपाल टेलिकम बुधबार पनि अगाडी नै रह्यो। बुधबार टेलिकमको करिब ४ करोड रुपैयाँको कारोबार भएको छ।

बुधबार सबैभन्दा घट्ने कम्पनीको सुचीमा हिमालयन डिष्टिलरी माथि रहँदा बढ्ने कम्पनीको अग्रस्थानमा सिन्धु विकास बैंक रह्यो।

हिमालयन डिष्टिलरीको मुल्य ७।५५ प्रतिशतले ओरालो लाग्दा सिन्धुको मुल्य ६।७१ प्रतिशतले बढेको हो।

यो पनि हेर्नुहोस्:

ओरालो लाग्दै सेयर बजार

आज सेयर कारोबार ५ बजेसम्म हुने

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’