
जनकपुर – धनुषाको मिथिला वाईल्डलाईफ ट्रष्टले मिथिला नगरपालिका र सिरहाको उदयपुर बेलसोतबाट दुईवटा गोमन (किंग कोबरा) सर्पको उद्धार गरेको छ ।
ट्रष्टले १० फिट ४ इन्च र १२ फिट ५ इन्चको दुईवटा गोमन सर्प उद्धार गरेको जनाएको छ । जिल्ला वन कार्यालय, धनुषा मार्फत खबर पाएपछि जिल्लाको मिथिला नगरपालिका–११ को बाहुनमारा टोलबाट मंगलबार १० फिट ४ इन्च लम्बाई र ५ किलो तौल भएको एउटा गोमन सर्पको उद्धार गरिएको ट्रष्टले जनाएको छ ।
यस्तै मंगलबार राति सबा ९ बजे तिर सिरहाको उदयपुर बेलसोतमा रहेको सेना ब्यारेकबाट १२ फिट ५ इन्च लम्बाई र ७ किलो तौल भएको अर्को सर्पको उद्धार गरेको ट्रष्टले बुधबार बेलुका जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।