
काठमाडौँ– गोरखामा भएको एक राजनीतिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा गरेको टिप्पणीलाई लिएर नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार प्रहरीले पक्राउ पूर्जी जारी गर्दै उनलाई उनकै निवासबाट पक्राउ गरेको हो।
रामकुमारी झाक्रीको आज ११ औँ वर्षगाँठ हो। उनले बिहान मात्रै आफ्नो फेसबुकमा श्रीमान् पशुपति पुरीलाई वर्षगाँठको शुभकामना दिएकी थिइन्। उनको लागि माघ २९ विशेष दिन थियो। उनले जीवन सोचेझैँ हुन्न भन्ने थाहा भएपनि श्रीमान् जीवनमा आएपछि जीवन आहा भएको उल्लेख गरेकी थिइन्।
आज माघ २९
सोचे जस्तो हुन्न जीबन भन्ने थाहा छ
तिमी आयौं जिन्दगीमा यसै आहा छ!11 years of marital journey of our life…
Happy anniversary Dear loving husband 💞💞💞Posted by Ramkumari Jhakri on Wednesday, February 10, 2021
प्रहरी घरमा पुगेको समयमा देशसञ्चारसँग कुराकानी गर्दै उनले भनिन्, ‘प्रहरीले मेरो घरको जाली ढोकामा ढ्याप्प हान्यो। मलाई लाग्यो, व्यवस्था नै गइसकेछ कि क्या हो।’ व्यक्तिगत जीवनमा उनको लागि खास यो दिनमा उनलाई पक्राउ गर्नको लागि प्रहरी घरमा नै आएको छ। उनले प्रहरी घरमा आएपछि ‘कानुनको पालना गर्दै आफै गिरफ्तारी दिएको’ घोषणा गरेकी थिइन्।