२०७२, वैशाख १२ को भूकम्पमा सोनिस अवाल पाँच महिनाका थिए। उनलाई भूकम्पको २२ घन्टापछि सुरक्षाकर्मी र स्थानीयले भक्तपुरको भग्नावशेषबाट उद्धार गरेका थिए। उनको उद्धार हजारौँको मृत्युमा एउटा सुखदायी क्षण थियो।
उनी चुपचाप बस्न सक्दैनन्, कि हात चलेको हुन्छ, कि त खुट्टा। अामा रस्मिताले बताएअनुसार उनलाई चकलेट धेरै मन पर्छ रे। सबै कुरा बुझेपनि कमै मात्र कुरा फर्काउने उनलाई भविष्यमा के बन्ने भनेर सोध्दा ‘डाक्टर बन्ने’ भन्छन्।