यसवर्ष पर्याप्त हिँउ नपरेपछि सिमकोटमा खानेपानीको समस्या

यसवर्ष पर्याप्त हिँउ नपरेपछि सिमकोटमा खानेपानीको समस्या
+
-

सिमकोट– यसवर्ष पर्याप्त मात्रमा हिउँ नपरेपछि हुम्ला सदमुकाम सिमकोटमा खानेपानीको समस्या देखिएको छ। हिउँ कम पर्नुका साथै भएको पानी पनि मुहानमै सुक्न थालेपछि खानेपानीको समास्या भएको हो।

सिमकोट बजारमा पानीको समस्या भएको स्थानीय सुनमति सिंहले बताइन्। चिसो बढ्नुका साथै यसवर्ष हिमपात कम भएको कारण मुहानमा पर्याप्त पानी नभएको उनले बताइन्।

बर्खायाममा पानीको समस्या नहुने भएपनि हिउँदभरि धारामा पानी नआउँदा स्थानीयले समस्या भोग्नु परेको छ। दैनिक रुपमा धारामा कुरेर पानी भर्नुपर्ने अवस्था रहेको सिंहले बताइन्।

यसवर्ष राम्रोसँग हिमपात नहुँदा पानीको स्रोत घट्दा सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्र रोकायाले जानकारी दिए।

पहिले–पहिले हुमाने खोलामा पर्याप्त मात्रमा पानी हुन्थ्यो। सिमकोटको लागि उक्त खोलाको पानीबाट खानेपानीको व्यवस्था गरिएको थियो। तर  बढ्दो जनसंख्यालाई पानी अभाव भएको छ।

हुमाने खोलाबाट पानी नपुग्ने भएपछि सिमकोट गाउँपालिकाकै वडा नम्बर ४ कै सिमखर्कबाट थप पानीको व्यवस्था गरिएको थियो। तर हिमालमा हिउँ कम पर्न थालेपछि उक्त स्थानबाट पनि पानी सुकेको रोकायाले बताए।

समितिले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा बजार क्षेत्रका लागि ४३२ व्यक्तिगत धारा तथा १९ वटा सार्वजनिक धाराबाट पानी वितरण गर्दै आएको छ। बिहान र दिउँसोको निश्चित समयका लागि दैनिक एक लाख ७० हजार लिटर पानीको आवश्यकता पर्नेगर्छ।

हिउँ धेरै परेको बेला पानीको समस्या नहुने भएपनि यसवर्ष कम हिमपातकै कारण खानेपानीको समस्या भएको समितिले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?