
काठमाडौँ- विश्वको सबैभन्दा अग्लो मूर्ति ‘स्टेचू अफ यूनिटी’ हो। भारतको गुजरात राज्यमा लौह पुरुष भनेर चिनिने सरदार बल्लभ भाई पटेलको यो मूर्ति १८२ मिटर अग्लो छ। र, यो प्रतिमा ५८ मिटर अग्लो प्लेटफार्ममा उभिएको छ। भन्न सकिन्छ यसको कुल ‘हाइट’ २४० मिटर छ।
कल्पना गर्नुस्- यस प्रतिमाको आकारभन्दा धेरै ठूलो र यसभन्दा हजारौँ गुना भारी कुनै प्राकृतिक संरचना पृथ्वीतिर आइरहेको होस! सुन्नासाथ तपाई चिन्तित भए जस्तै अहिले संसारभरीका वैज्ञानिक चिन्तित भएका छन् किनकी यस्तै एउटा प्राकृतिक चट्टान पृथ्वीतिर अघि बढी रहेको छ।
हाम्रो सौर्यमण्डल यस्ता लाखौं लाख चट्टानले भरिभराउ छन्। यी खगोलीय पिण्ड पनि अन्य ग्रहजसरी सूर्यको परिक्रमा गर्छन्।यी चट्टानलाई क्षुद्रग्रह (ऐस्टेरोयड) भनिन्छ , र सूर्यको परिक्रमा गर्ने क्रममा यी पिण्ड पृथ्वीको नजिक भई आफ्नो यात्रा पथमा अघि बढ्छन्।
तर कहिलेकाहिँ पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले यी पृथ्वीमा खस्न पनि सक्छन्। यसै कारणले गर्दा कुनै पनि ऐस्टोरोइड पृथ्वी नजिकबाट गुज्रिदा वैज्ञानिकहरु सतर्क हुन पुग्छन्।
आउने २१ मार्चको बिहान यस्तै एउटा ऐस्टोरोइड पृथ्वीको नजिक आउन गइरहेको छ। यसलाई लिएर संसारभरीका ‘स्पेस एजेन्सी’ सजग भएका छन्। यस ऐस्टेोरोइड को पहिचान २३१९३७ (2001FO32) का रूपमा गरिएको छ।
अमेरिकी अंतरिक्ष एजेंसी नासाका अनुसार यो ऐस्टेरोइड १००० देखि १७६४ मीटरसम्म लामो हुन सक्छ । र, यो खगोलीय पिण्ड ३४ दशमलब ४ किमी प्रति सेकेण्डको गतिले अघि बढी रहेको छ।
नासाले गराएको जानकारी अनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात २,६१,३५१ किमी परसम्म आई अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको ऐस्टेरोइड (Potentially Hazardous Asteroid ) मा पर्छ।
यस Potentially Hazardous Asteroid को खोज सन २००१ को २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्रग्रह ग्रुपमा राखेको छ। ऐस्टेरोइड बेल्टमा भएका ९७ प्रतिशत ऐस्टोइड भन्दा यसको आकार ठूलो छ।
यस ऐस्टेरोयडले सूर्यको एउटा परिक्रमा ८१० दिन मा पूरा गर्छ। परिक्रमाका क्रममा यो सूर्यसंग जम्मा ० दशमलब ३० एयु अर्थात ४ करोड़ ४८ लाख ८० हज़ार किमी टाढा हुन आउँछ। यसैगरी टाढाको स्थितिमा यो सूर्यदेखि ३ दशमलब ११ ए यु अर्थात ४६ करोड़ ५२ लाख ५६ हज़ार किमी पर पुग्छ।
तपाईसँग ठूलो डायमीटरको, कम्तीमा ८ इन्चको टेलिस्कोप छ भने भने २१ मार्चको दिन बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेटसम्म (१६ बजेर ३ मिनट यूटीसी समय) यस आगन्तुक पिण्डलाई हेर्न सकिन्छ।
नासाका अनुसार यस पछि ३१ वर्ष पछि मार्च २२ सन २०५२ मा यो ऐस्टरॉयड पृथ्वीका नजिक आउँछ।त्यों बेला यो पृथ्वीदेखि २८,३१,६५८ किमी टाढाबाट गुज्रिन्छ।