रसुवागढी- बुधबार बेलुका रसुवा भन्सार कार्यालय पुग्दा कार्यालय प्रमुख सँग व्यवसायीहरु भन्सार मुल्यांकनको विषयमा विवाद गरिरहेका थिए।
इन्डियन र चाईनिज मालाको मुल्यांकन फरक हुनु पर्ने व्यवसायीको भनाई थियो।
भन्सार प्रमुख कानुनका दफा देखाँउदै भन्सार मुल्यांकनको विधि र प्रक्रिया बुझाउने प्रयासमा थिए।
बेलुकाको साढे सात बजे पनि भन्सार कार्यालयमा काम सक्किएको थिएन। चीन तर्फको सिमाना भने बन्द भईसकेको थियो।
भन्सार प्रमुख गोपाल कोईरालाले व्यवसायीसँग कुरा सक्दै हामीहरुसँग भने सिमानामा त्यस्तो खासै केही समस्या छैन।

रसुवा भन्सार प्रमुख गोपाल कोईराला
उनको कार्यालयमा पुग्नु भन्दा करिब १ घण्टा फोनमा भन्सारका समस्याबारे जिज्ञासा राखेको थिए।
भन्सार कार्यालयले चेकजाँचमा कडाई गरेको भन्दै रसुवा नाकाबाट मालसामान आयात गर्ने व्यवसायीहरुको असन्तुष्टि बढेको कुरा आएको थियो।
यस्तै भन्सारले कडाईका साथ चेकजाँच गरेको भन्दै भन्सारमा काम गर्ने लोडरहरुले पनि बिरोध गरेका छन् भन्ने सुनिएको थियो।
भन्सार कार्यालय पुग्दा हामीले सुनेको सहि ठहरियो र लोडरहरुको बिरोधका कारण रसुवा नाकाबाट आयात हुने सामानमा गिरावट आएको देखियो।

सडकमा रोकिएका ट्रक

रसुवाबाट सामान बोकेर ल्याउने धेरै ट्रकहरु भन्सार यार्ड र सडकमा रोकेर राखिएका थिए। चाइनाबाट आयात हुने स्याउ सहज रुपमा भन्सार क्लियर भए पनि लत्ताकपडा, कस्मेटिक सामान लगायतमा समस्या देखियो।
भन्सारमा देखिएका समस्या सुनाए पछि रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख कोइरालाले केही दिनयता भन्सारमा कडाई गरिएको स्वीकार गरे। उनले भने, विगतमा हरेक प्याकेट खोलेर हेर्ने गरिएको थिएन, स्याम्पल हेर्ने गरेका थियौं तर भन्सार नीतिमा भएको परिवर्तन अनुसार भन्सार क्लियर गर्नु अगाडि सम्पुर्ण सामानहरु हेर्ने गरेका छौँ ।

रसुवा भन्सार कार्यालय
भन्सार क्लियरेन्सका काम विगत भन्दा केही फरक तरिकाले भईरहेकोमा व्यवसायीले बिरोध गरेको हुन सक्ने कोईरालाले बताए।
विगतमा ब्राण्डेड र नन ब्राण्डेन छुट्याउने गरिएको थिएन कोईरालाले भने, तर अहिले कसैले ब्राण्डेड कम्पनीको ट्यागलागेको सामान न्यून विजकिकरण गर्दै ल्याइएको पाएमा कम्पनीको वेबसाइटमा भएको मुल्यका आधारमा भन्सार मुल्यांकन गर्ने गरेका छौं।
भन्सार मुल्यांकन खरिद गरेको बास्तबिक मुल्यमा हुनु पर्छ भन्ने योजना अनुसार काम गरिरहेका छौं, कोईरालाले थपे।
चैत मसान्तसम्म लक्ष्य बमोजिमको राजस्व संकलन नहुँदा सरकारले सिमा नाकामा कडाइ गरिरहेको छ।
फागुन दोश्रो साता अर्थमन्त्री बनेका युवराज खतिवडाले सन्धर्भ मुल्य सुचीका आधारमा राजस्व संकलन गर्ने निर्देशन दिएका थिए। तर सन्धर्भ मुल्य सुचीले पनि लक्ष्यबमोजिमको राजस्व संकलन हुन नसकेपछि केही दिन अगाडि राजस्व असुलीको बैकल्पिक कार्य योजना कार्यान्वयनमा ल्याएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































