फागुन १३ गते ‘डिजिटल लर्निङ डे’विशेष कार्यक्रम मनाउँदै

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्दै निमा एकेडेमी

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्दै निमा एकेडेमी
+
-

काठमाडौँ-निमा एकेडेमीले सबै विद्यार्थीहरूका लागि नविन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फागुन १३ गते डिजिटल लर्निङ दिवस (डिजिटल लर्निङ डे ) मनाउने भएको छ।

शुक्रबार पत्रकार सम्‍मेलन गर्दै निमा एकेडेमीले फागुन १३ गते ‘डिजिटल लर्निङ डे’विशेष कार्यक्रम आयोजना हुने जानकारी दिएको हो।विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको डिजिटल लर्निङ डेको दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको निमा एजुकेशन फाउन्डेशनका प्रबन्ध निर्देशक निश्चलमान प्रधानले बताए।

उनले भने, ‘संसारभर शिक्षामा डिजिटल प्रविधि आइसकेकोले नेपालमा पनि हामीले यसैलाई मध्‍य नजर गर्दै डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ यो कार्यक्रम सुरू गरेका हौँ।’

सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेकोले यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेर गएको उनको भनाइ छ।

यस्तै शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताइन्।

उनले भनिन्, ‘ यस वर्ष हामी फेरि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउनका लागि आउँदैछौं । २५ फेब्रुअरी २०२१ अर्थात् २०७७ फागुन १३ गतेको दिन ‘डिजिटल शिक्षाको लागि सँगै’नारासहित यस वर्षको डिजिटल लर्निङ डे विशेष कार्यक्रमहरू गरिरहेकाछौं। जसमा विज्ञान, गणित र अन्‍य विषयको प्राक्टिकल रुपमा प्रदर्शनी पनि राख्दैछौ।’

त्यसैगरी डिजिटल डे मनाउन सरकारी उच्चपदस्थ कर्मचारी, शिक्षा नीति निर्माता, ब्‍याबसन/एनप्याबसन,सामुदायिक विद्यालयका शिक्षक-शिक्षिका लगायत शैक्षिक क्षेत्रमा अब्बल व्यक्तित्वहरुको उपस्थिति रहने लिभिङ विथ आइसिटीका सम्पादक राजन लम्सालले बताए।

उनले भने, ‘ देशको अधिकांश विद्यालय सामुदायिक भएकाले उनीहरुमाझ पनि डिजिटल सिकाइ पुगोस भन्‍ने हेतुले मन्त्रालयका सचिव र नीतिगत तहमा रहेर शिक्षामा काम गर्दै आएका सरकारी कर्मचारीहरुलाई समेत बोलाएका छौँ। हामी डिजिटलको सहायताले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने प्रत्यत्नमा छौँ।’

डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन्। ‘रिइमाजेनिङ डिजिटल एजुकेशन: पोलिसी एण्ड प्लानिङ’विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ।

कार्यक्रममा ‘कि नोट स्पिकर’को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ। विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ।

कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने बताइएको छ।

यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन् ।

पछिल्लो समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द रहेका थिए । यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको छ। अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरेका छन् ।

यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन्। जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ। यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?