हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लाका व्यवसायीको माग

हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लाका व्यवसायीको माग
+
-

सिमकोट– हुम्लाका पर्यटन तथा होटल व्यवसायीहरुले चीनसँगको हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेका छन्। मानसरोवर कैलाशको सिजन सुरु हुन लागेपछि व्यवसायीहरुले नाका खोल्न माग गरेका हुन्।

कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्द नाका सञ्चालनमा ल्याएर चीनसँगको व्यापार व्यवसाय, पर्यटन क्षेत्र सुचारु गर्नका नेपाल सरकारसँग माग गरेको उद्योग वाणिज्य संघ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए।

नाका बन्द भएका कारण उत्तरी क्षेत्रका व्यापारीहरुको चीनसंगको  व्यापार ठप्प छ।

होटेल तथा पर्यटन व्यवसायी रिन्जिङ लामाले आगामी वैशाख दोस्रो हप्ताबाट मानसरोवर कैलाशको सिजन सुरु हुने भएको कारण हिल्सा नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।

मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय पर्यटक लक्षित सिमकोट र हिल्साका झण्डै दुई दर्जन होटलहरु हाल बन्द छन्।

नाका बन्द भएकै कारण हुम्लाबाट ताक्लाकोटतर्फ लैजाने जडिबुटी समेत रोकिएको छ। हिल्सामा रहेका भन्सार, अध्यागमन लगायतका सरकारी कार्यालय पनि बन्द रहँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?