हुम्लाका पाँचवटा बस्ती चौरी संरक्षण केन्द्रका रुपमा छनौट

हुम्लाका पाँचवटा बस्ती चौरी संरक्षण केन्द्रका रुपमा छनौट
+
-

सिमकोट- उत्तरी हुम्लामा हिमाली पाँचवटा बस्तीलाई चौरी संरक्षण केन्द्रका रुपमा छनौट गरिएको छ। हाल चौरी पालन भइ रहेको र अझै सम्भावना भएको हुँदा ती बस्तीलाई चौरी संरक्षण क्षेत्रका रुपमा छनौट गरिएको हो।

भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बहादुर बुढथापाका अनुसार हाल चौरी पालन भई रहेका उत्तरी हुम्लाका हिमाली पाँच वटा बस्तीलाई छनौट गरिएको छ । पाँच वटै बस्तीमा प्राबिधिक पुगेर अध्ययन गरेपछि चौरी संरक्षण केन्द्रका रुपमा उच्च क्षेत्रका बस्तीहरु छनौट भएका हुन।

कार्यालयले हाल चौरी पालन भई रहका र थप्न सकिने संभावना भएका बस्तीलाई संरक्षण केन्द्रकाका रुपमा छनौट गरिएको हो । यी बस्ती चौरी पालनका लागि उपयुक्त बस्ती रहेका छन्।

कार्यक्रमबाट सिमकोट गाउँपालिकाको वडा नम्बर १ दोजाम बस्तीमा ६१, वडा नम्बर ३ को लिमाटाङ बस्तीका ८७, नाम्खा गाउँपालिकाका वडा नम्बर १ हेक्पा धिंगा बस्तीमा १९२ वटा, वडा नम्बर ४ को चाला बस्तीका ४५० र वडा नम्बर ६ को लिमीका २५० गरि हजार चालीस चौरीको संरक्षण हुनेछ।

सहकारी संस्था मार्फत संरक्षण कार्यक्रम संचालन हुने भएको कारण आबश्यकता अनुसार चौरीको संख्या पनि थप्न सकिने उहाँले बताउनुभयो। त्यसका साथै चौरीका लागि गोठ निर्माण, मेशिन खरिद पनि गर्नु पर्नेछ।

कार्यक्रमले चौरी संरक्षण कार्यक्रमका लागि ९५ लाख रुपियाँ बिनीयोजित गरेको छ। चौरी पालन ब्यबसाय खस्कन थालेका बेला संरक्षण र श्रोत केन्द्रको स्थापनाले यसको प्रर्बद्धन गर्ने देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?