
काठमाडौँ- संसद विघटनबिरुद्ध परेको रिटमा अन्तिम फैसलाका लागि तयार रहेको सर्वोच्च अदालतमा मंगलबार आकस्मिक रुपमा सुरक्षा व्यवस्था थपिएको छ।
काठमाडौँ प्रहरीले सर्वोच्च अदालतमा थप प्रहरी पठाएको जानकारी दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले केही दिनअघि फागुन ११ गतेदेखि उता जुनसुकै दिन फैसला आउनसक्ने जानकारी सार्वजनिक रुपमै दिएका थिए।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश राणा, अनिलकुमार सिन्हा, सपना मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ र तेजबहादुर केसी सबैजना मंगलबार अबेरसम्म अदालतमै छलफलमा व्यस्त रहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
पाँच जना एमिकस क्युरीमध्ये एकजनावाहेक सबैले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको राय दिइसकेका छन् ।