एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी

एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी
+
-

एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने सम्भावना छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् ।

यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ । फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ । अहिले स्वीकृति पाएको जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्छ ।

फाइजर र मोदेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ । यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ ।

जोन्सन एण्ड जोन्सनले गएको जनवरीमा मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले गरेको परीक्षणमा देखिएको थियो ।

औषधि उत्पादन क्षेत्रको जाइन्ट जोन्सन एण्ड जोन्सनको स्वामित्व रहेको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको खोपलाई एफडिएले स्वीकृति प्रदान गर्दै यो खोप कोरोना भाइरसको संक्रमण तथा गम्भीर अवस्थाबाट रोक्न प्रभावकारी देखिएको उल्लेख गरेको हो ।

अमेरिका, दक्षिण कोरिया तथा ब्राजिलमा भएको परीक्षणमा प्रभावकारिता उस्तै देखिएको थियो । तर दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका नयाँ भेरियन्टमा भने यो खोपको प्रभावकारिता अलि कम देखिएको छ ।

जोन्सन एण्ड जोन्सनको खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको हो ।

परीक्षणमा सहभागी भएका कुनै पनि व्यक्तिको निधन भएको छैन भने खोप लिएको २८ दिनपछि कोही पनि व्यक्ति कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनु परेको छैन ।

यो खोपलाई स्वीकृति प्रदान गर्ने विषयमा शुक्रबार एफडिएका विज्ञहरु बैठक बस्दैछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?