मंगल ग्रहलगायत जस्तोसुकै परिस्थितिमा जीवित रहनसक्ने यो प्राणी

मंगल ग्रहलगायत जस्तोसुकै परिस्थितिमा जीवित रहनसक्ने यो प्राणी
+
-

वैज्ञानिकहरुले केही  हालै यस्ता सुक्ष्मजीवी पत्ता लाएका छन् जुन सूक्ष्मजीवी मंगल ग्रहको  वातावरणमा पनि मजाले जीवित रहन सक्छन्। मंगल ग्रहमा रहेको वातावरणमा कार्बनडाइअक्साइडको मात्रा अत्यधिक रहेको छ। मंगलको वायुमण्डलमा ९५.३२ प्रतिशतसम्म कार्बनडाइअक्साइड हुन्छ। त्यहाँ अक्सिजन  जम्मा ०.१३ प्रतिशत छ, बांकी २.७ प्रतिशत नाइट्रोजन ,१.६ प्रतिशत आर्गन ०.०८ प्रतिशत कार्बनमोनोअक्साइड रहेको हुन्छ मंगलको वायुमण्डलमा। यस्तो वायुमण्डलीय ‘कम्पोजिसन’मा अहिलेसम्म कुनै पनि जीवित रहन सक्ने ‘लाइफ डोमिन’का बारेमा विज्ञानसँग  कल्पनासम्म थिएन।

अहिले आएर वैज्ञानिकहरुले यस्ता केही सुक्ष्मजीवी भेटेका  छन# जुन मंगल ग्रहको झण्डै झण्डै अक्सिजनशून्य अप्ठेरो र विकट  वातावरणमा जीवित रहन सक्छन्। ‘फ्रन्टियर्स इन माइक्रोबायोलोजी जर्नल’मा प्रकाशित ‘एक रिपोर्टले यसको खुलासा गरेको हो। रिपोर्ट प्रकाशित भए पछि विशेषज्ञहरुले आगामी अन्तरिक्ष मिसन र अन्य खगोलीय पिण्डहरुमा  हुने अभियानमा यसले ठूलो सहायता एवं  त्यहाँ हुने अनुसन्धानकार्यमा ठूलो मदद पुग्ने  दावी गरेका छन्।

प्रमुख अनुसंधानकर्ता  मार्टा फिलिप  कार्टेसाओका अनुसार पृथ्वीमा पाइने केही ब्याक्टेरिया र फंगसलाई  मंगल ग्रहको जस्तै वातावरणमा राखेर अनुसन्धान गर्दा यो ज्ञात हुन आएको हो।  हामीले पायौ –  यी ब्याक्टेरिया र फंगस मंगल ग्रहको जस्तो वातावरणमा मर्नुको सट्टा हुर्किए।   यो अनुसन्धान पृथ्वीनजिकको  वातावरणीय  चक्र ‘ट्रोपोस्फेयर’देखि   माथिल्लो वातावरणीय चक्र  ‘स्ट्राटोस्फेयर’मा गरिएको थियो। यस वातावरणीय चक्रमा सूर्यदेखि आउने घातक विकिरण ‘अल्ट्राभायोलेट  रेडिएसन’ रोकिन्छ, विकिरण  पृथ्वीसम्म आउन  पाउँदैन। यहाँ रहेको ‘ओजोन लेयर’ले पृथ्वीलाई सुरक्षा  दिदैं  सूर्यदेखि आएको घातक ‘रेडिएसन’लाई रोकी दिन्छ।  ‘ट्रोपोस्फेयर’ देखि माथीको  ५० किमीसम्म  ‘स्ट्राटोस्फेयर’को यो सुरक्षाचक्र रहेको हुन्छ।

अनुसन्धानका क्रममा एउटा बेलुनमा ब्याक्टेरिया र फंगसलाई राखी ‘स्ट्राटोस्फेयर’मा पुर्याइएको थियो।

मार्टाका अनुसार केही सुक्ष्मजीवी ख़ास गरी ‘ब्लैक मोल्ड फंगस’का जीवअंश  जीवित रहे। त्यहाँ रहेको तीव्र अल्ट्राभायलेट विकिरणमा  पनि  ‘फंगस’का ‘स्पोर’ (spore ) जीवित रहे।

यस अनुसन्धानको रिपोर्टले एकातिर जहाँ मंगल ग्रहमा बाँच्न सक्ने सुक्ष्मजीवी पत्ता लागेर खुशी हुने वातावरण देखिएको छ त्यहीँ अबका ‘स्पेस मिसन’ले अति सावधानी अपनाउनु पर्ने आवश्यकता पनि देखिएको छ।  यस्ता सूक्ष्मजीवी अन्तरिक्ष यात्रीसँगै   प्रथ्वीबाट गएका हुन सक्छन।   अन्तरिक्ष यात्रीसँग त्यहाँ पुगेर यी त्यहाँको वातावरणमा हुर्किन सक्छन।  र, पुनः अन्तरिक्ष यात्रीले यी सुक्ष्मजीवीलाई त्यहाँ  भेट्दा यिनलाई त्यस ठाउँको ‘लाइफ डोमिन’ सम्झिने सम्भावना रहन्छ  तर यी सूक्ष्मजीवी वास्तवमा अन्तरिक्ष यात्रीसँगै त्यहाँ पुगेका हुन सक्छन ।

अनुसन्धानमा संलग्न अर्का  वैज्ञानिक केथरीना सिम्स भन्छिन् – अर्को कुनै ग्रहमा जीवनको खोजी गर्नेहरुले यो सुनिश्चित गर्नुपर्ने हुन्छ त्यहाँ भेटिएको सुक्ष्मजीवी कतै उनीहरुसँगै त त्यहाँ पुगेको होइन!

यस अनुसन्धानले भविष्यमा हुने मंगलको ‘टेराफार्मिंग’लाई ठूलो मदत पुग्छ।  वैज्ञानिकले यस फंगस  र ब्याक्टेरियालाई मंगल ग्रहमा लगेर मंगल ग्रहमा जीवनको शुभारम्भ गर्न सक्छन। ब्याक्टेरिया र फंगस नै प्रथ्वीमा  जीवन प्रारम्भ गर्ने प्रमुख अवयव हुन। पृथ्वीमा जीवनको प्रारम्भ हुँदा यहाँको वातावरणमा पनि अक्सीजनको उपलब्धता थिएन। प्रथ्वीमा अक्सीजन जीवन प्रारम्भ भएको अर्बौ वर्ष पछि उतपन्न भएको एउटा सूक्ष्मजीवी साइनोब्याक्टेरियाले गरेको प्रकाश संलेषणका कारण हुन आएको थियो। र अक्सीजनको बहुलता हुँदै गए पछि अन्य किसिमका ‘लाइफ डोमिन’ विकसित हुने क्रम सुचारु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?