भूमि अतिक्रमण तथा संस्कृति दमनविरुद्ध मैनवत्ति र्‍याली

‘मेरो भाषा बोल्दा जेल कोचे, यो देश कस्को उपनिवेश हो?’ (तस्बिरहरु)

‘मेरो भाषा बोल्दा जेल कोचे, यो देश कस्को उपनिवेश हो?’ (तस्बिरहरु)
+
-

काठमाडौँ-भूमि अतिक्रमण तथा संस्कृति दमनबिरुद्ध खबरदारी तथा मैनबत्ती र्‍याली निकालिएको छ। बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्ने सडक विस्तार पीडित तथा अभियन्ताहरूले सर्वोच्चले ‘स्टे अर्डर’ दिँदा दिँदै घर भत्काएको भन्‍दै इन्द्रचोकमा प्रदर्शन गरेका हुन।

कार्यक्रममा काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्‍यक्ष सुमन सायमि र विरोचन श्रेष्ठले विकास भनेको घर भत्कारएर परिवार विस्थापित नभएको भन्‍दै यो नेवा जातीको सफाया हो भन्‍दै आरोप लगाए।

उनीहरुले भने, ‘ सरकार काठमाडौँ उपत्‍यकामा नेवारहरुको संस्कृति मास्ने अभियानमा लागेको छ। त्यतिमात्रै होइन यो भाषा बुझिन, बुझ्‍ने भाषामा बोल भन्‍नु लज्जा जनक हो। यस्तो भाषा बोल भन्‍ने अधिकार कसैलाई छैन।’

उनीहरुले इन्द्रचोकमा ‘मेरो भाषा बोल्दा जेल कोचे, यो देश कस्को उपनिवेश हो ?’, ‘मेरो घर भत्काइ विस्थापित गरे। यो विकास हैन जातीय सफाया हो।’ लगायतका पम्प्लेट लिएर प्रदर्शन गरेका हुन्।

महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको भन्दै ६ जना स्थानीयलाई पक्राउ गरेको थियो।

सुरूमा प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरी लगेको थियो। त्यस्तै उनीहरूलाई पक्राउ गरेपछि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए।

त्यही क्रममा उनीहरूले पक्राउ पर्नेहरूसँग नेपाल भाषामा संवाद गरेका थिए। प्रहरीले नेपाल भाषामा बोल्न रोकेपछि विवाद भएको थियो। त्यसैक्रममा अभियन्ता दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?